मझेरीमा उनैलाई कुरिरा’छु आज भोलि,
भनिदिनु धेरै धेरै, सोच्ने भा’छु आज भोलि,
टेढिएको उनको मन फर्कन्छ कि भन्ने ठानी,
भनिदिनु उनकै लागि, मन्दिर धा’छु आज भोलि,
उनैसँग सँगै जिउने मिठा सपना देखेकी थे,
भनिदिनु सपना अरु, जोडदै गा’छु आज भोलि,
उनकै नाममा दियो बाली, पर्खी बस्छु हर साँझ,
भनिदिनु आशुमै दिप, बाल्दै आ’छु आज भोलि,
समिप आए भने उनी, माफ माग्न हाजिर छु,
भनिदिनु ती गल्तीमा, पछुता’छु आज भोलि |
http://www.abhinaw.com/2011/01/blog-post_6320.html
रन्जना ढुंगाना (पौडेल) को गज्जब कुराई
मिठो गजलको लागि धन्यवाद!
कुराईलाई शुभकामना
बाई!
अनुहार देखे जस्तो ,हुदैन नि
अनुहार देखे जस्तो ,हुदैन नि मान्छे
बेसन दल्छन बाहिर ,भित्र काली हरु ।।
dami lekhanu va6 yestai
dami lekhanu va6 yestai lekhadai januhola pargati ko kamna gar6u la……….