Skip to content

दोष मेरै थियो (गजल)


दोष मेरै थियो उस्को, दोष थिएन ।
उस बेला तिम्रो पनि, होश थिएन ।

जिन्दगीको यात्रा सँगै, गरेपछि के
बाँकी यात्रा गर्न कोशौ, कोष थिएन ।

भवँराले रस चुसी, गएँ पनि खोइ ?
त्यस्तो कुनै फूलमा, आक्रोश थिएन ।

आफै रात दिने पनि, साथ् दिने पनि
एक्लै स्वर्ग चढ्ने ममा, जोश थिएन ।

सूर्य छेऊ लजाउँछ, हिउँले पग्लिन्छ
छामी हेर्दा तिम्रै दिल, ठोश थिएन ।

हाल – दुबई, यू.ए.ई.

3 thoughts on “दोष मेरै थियो (गजल)”

  1. ठिस बुढा

    सूर्य चेम्जोङको दोष
    वाह!
    गज्जब!

    मुरि मुरि धन्यवाद मिठो गजल पढ्ने मौका दिनु भएकोमा!

    बाई!

Leave a Reply

Your email address will not be published. Required fields are marked *