• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

रुखको विलौना

kbs — Thu, 02/24/2011 - 18:27

  • बाल कथा
  • रत्न प्रजापति
  • मुना २०६७ माघ

'रुखले वातावरणलाई सन्तुलित बनाइराख्नमा मद्दत गर्छ । बाढीपहिरो रोक्छ र मानिसलाई नभइनहुने अक्सिजन प्रदान गर्छ । त्यसैले रुख मानिसका लागि धेरै गुणी वनस्पति हो । रुखलाई काट्यो भने उसलाई पनि मानिसलाई जस्तै दुख्छ ।' स्कुलमा विज्ञान पढाउने सरले भन्नुभएको यो कुरा मनमा गुन्दै रमा स्कुलबाट घर फर्किरहेकी थिई । घर नजिकै आइपुग्दा उसले छ्याक्कछ्याक्क गरेर केही काटेको आवाज सुनी । त्यो उसको बुबाले रुख काट्दै गरेको आवाज थियो । रमाले परैबाट आफ्नो बुबाले घरभन्दा अलि पर गोठ नजिकैको रुख काट्दै गरेको देखी । बुबाले रुख काट्दै गरेको देखेर दौड्दैँ बुबानेर गई र आँत्तिदै भनी, 'बुबा बुबा, किन रुख काट्नुभा'को ?'

'दाउरा बाल्नलाई ।' रमाको बुबाले रुख काट्दाकाट्दै भन्नुभयो ।

'हाम्रो सरले भन्नुभा'को रुखलाई काट्नुहुन्न रे । रुखले बाढीपहिरो रोक्छ र मानिसलाई नभइनहुने अक्सिजन दिन्छ रे ।' रमाले स्कुलमा सरले भन्नुभा'को एकएक क्ुरा सम्झिंदै भनी ।

'अहिलेसम्म बाढीपहिरो गा'को थाहा छैन । यो जाबो एउटा रुख काट्दैमा कसरी पहिरो जान्छ ।' यसो भन्दै रमाको बुबा फेरि धमाधम त्यो रुख काट्न थाल्नुभयो ।

'अनि थाहा छ बुबा, रुखलाई काट्यो भने त मानिसलाई जस्तै रुखलाई पनि दुख्छ रे ।' यसो भन्दै रमा बुबाको नजिक गई ।

'के नचाहिँदो कुरा गरिरहन्छेस् हँ तँ ? जा, खुरुक्क घरमा गएर खाजा खाएर पढ्न बस् ।' रमाको बुबाले निधारको पसिना पुछ्दै भन्नुभयो र फेरि बञ्चरोले रुख काट्न थाल्नुभयो ।

रमालाई बुबाले रुख काटेको देखेर सार्‍है नरमाइलो लाग्यो । बञ्चरोको प्रहारले रुखबाट चोक्टाचोक्टा निस्केको देखेर रमालाई आफ्नै शरीरमा घाउ लागेजस्तो लाग्यो र आफैंलाई कताकता दुखेजस्तो भयो । बुबाले बञ्चरोले रुख काट्दा रुखले रुँदै ऐयया ऐयया भनेजस्तो लाग्यो । अनि उसलाई त्यसैत्यसै रुन मन लागेर आयो । बञ्चरोको प्रहारले रुखमा घाउ लागेको ठाउँबाट अलिअलि पानी निस्केजस्तो देखेर रमालाई साँच्चै नै त्यो रुखको घाउबाट रगत बगेजस्तो लाग्यो र त्यो रुख रोइरहेजस्तो लाग्यो । अनि उसलाई पनि साँच्चै नै रुन मन लाग्यो । अनि उसले रुञ्चे स्वरमा बुबालाई भनी, 'हेर्नुस् त बुबा, रुखलाई घाउ लागेर दुखिरहेछ, त्यसैले त्यो रोइरहेछ । त्यसको घाउबाट रगत पनि बगिरहेछ ।'

'होइन के भन्छे यो ? तँ बहुलाइस् कि के हो छोरी ? कहीं रुख पनि रुन्छ ?' यसो भन्दै रमाको बुबाले केही बेर रुख काट्न छोडेर यताउता हेर्नुभयो । एक छिन् ध्यान दिएर सुन्नुभयो, कतै साँच्चै नै रुख रोइरहेको छ कि भनेर तर उहाँले केही पनि सुन्नु भएन । त्यसपछि उहाँ फेरि रुख काट्न थाल्नुभयो ।

रमाले बुबालाई रुख काट्नबाट रोक्न सकिन । उसले बुबाको हातबाट बञ्चरो खोसेर लिने आँट पनि गर्न सकिन । यसो गर्दा बुबा रिसाएर आफैँलाई पिट्नुहुन्छ भनेर ऊ डराई ।

रमाको बुबाले रुख काटिरहनु भयो । रमा चुपचाप उभिएर बुबाले रुख काटेको हेरिरही । रमालाई कताकता त्यो रुखले ऐयया ऐयया भन्दै विलौना गरेजस्तो लागिरहृयो । रुखले विलौना गरेको त्यो आवाज उसको कानमा गुन्जिरहृयो तर उसको बुबालाई भने त्यो आवाजको अलिकति पनि हेक्कै भएन । बुबाको त्यस्तो निर्दयता देखेर रमालाई सार्‍है दुख लाग्यो ।

रमाको बुबाले रुखको फेद पूरै काट्नु भयो । त्यसपछि त्यो रुख ठूलो आवाज निकालेर भुइँमा ढल्यो । त्यसरी भुइँमा ढल्दाखेरी त्यो रुखले ' ऐयया आमा, म मरेँ' भनेजस्तै लाग्यो रमालाई । त्यसपछि रमालाई पनि रुन मन लाग्यो । उसले आफूलाई समाल्नै सकिनँ । अनि ऊ पनि सुँक्कसुँक्क गरेर रुन थाली । रुख नभएकाले अबको वषर्ामा त्यहाँ पहिरो जान्छ कि भनेर रमालाई पीर पनि पर्न थाल्यो तर उसको बुबालाई भने केही मतलबै थिएन । उनी खालि दाउराको जोहो गर्ने कुरामा मात्रै एकोहोरो लागेका थिए । उनले भविष्यको बारेमा सोचेकै छैनन् । बरु रमा त्यसरी रोएको देखेर उनले हाँस्दै भने, 'मेरी छोरी त कस्तो कमलो मनकी रहिछन्, रुखलाई काट्दा पनि रुने ।'

केही समय बित्यो । वषर्ा पनि लाग्यो । चारपाँच दिनसम्म लगातार पानी परिरहृयो । रमाको घर वरिपरिबाट पानीको ठूलो भेल बग्यो । रमालाई कताकता आफ्नो घर पनि बगाउँछ कि भन्ने डर लाग्यो । यतिखेर भने रमाको बुबालाई पनि त्यो पानीको ठूलो भेलले घरलाई बगाउँछ कि भन्ने डर लाग्यो तर उनले यस्तो डर कसैलाई देखाएनन् । आफ्नो मनको कुरा मनैमा राखिरहे ।

एक दिन बिहान सबेरै पानी परिरहेको बेलामा रमाको घरभन्दा अलि पर गोठनेर ठूलो आवाज आयो । सबैले पानीले गर्दा गोठ भत्कियो कि भन्ने सोचे । उज्यालो हुनेबित्तिकै सबैजना त्यहाँ हेर्न गए । त्यहाँको दृश्य देखेर सबैजना चकित् परे । उनीहरूको गोठ त पहिरोले खाइसकेको थियो । पहिरोमा पुरिएर उनीहरूको एउटा गाई र दुई वटा बाख्रा पनि मरिसकेका थिए । त्यसरी पहिरोले आफ्नो गोठ पुरेको र त्यसमा परेर गाई र बाख्रा मरेको देखेर रमाको बुबाले आँखाभरि आँसु पार्दै थाप्लामा हात राखेर भन्नुभो', 'कस्तो दुःख आइलाग्यो ।'

बुबाको कुरा रमाले पनि सुनिरहेकी थिई । त्यसैले उसले भनी, 'त्यतिखेर हजुरले रुखको आवाजलाई सुन्ने चेष्टा नै गर्नुभएन, यो सबै त्यसैको फल हो ।'

रमाको बुबालाई बल्ल आफ्नो गल्ती महसुस भयो । उहाँलाई आफूले रमाको कुरा नसुनी रुख काटेकोमा ज्यादै पछुतो पनि लाग्यो । अनि उहाँले भन्नुभो, 'बल्ल मेरो आँखा खुल्यो । अब म एउटा पनि रुख काट्दिनँ । बरु बारीको वरिपरि चारैतिर रुखैरुख रोप्छु ।'

बुबाको कुरा सुनेर रमा पनि खुसी भई । त्यतिखेरै उनीहरू रुखको विरुवा लिन नर्सरीतिर लागे ।

मुना २०६७ माघ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 79
  • 1293 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • अनावश्यक
    4 days 14 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 1 day ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 3 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    4 weeks 6 days ago
  • केही सच्याइएको छ।
    5 weeks 17 hours ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 3 days ago
  • क्रन्धन
    6 weeks 1 day ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 1 day ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    6 weeks 5 days ago
  • सम्पादकले सम्पादन गर्नुभएको
    10 weeks 5 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • गरौं साहस देशको खातिर,ढल्नुपरे ढलौं हामी
  • यहाँ हुनेको नै रेस्टुरेन्ट छ
  • हरायो हाँसो
  • पागल
  • कमजोरी समाजको कि शैक्षिक जगत्को !
  • विप्लव ढकालको "च्याउको जंगल" (कविता सङ्ग्रह) सार्वजनिक
  • तिज
  • स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड
  • राजकुमारी सम्पदा
  • नम्रता
  • त्यो अबोध बालक
  • शीर्षक के हो ? (मुना २०६६ असार)
  • शब्द
  • फूल
  • अनेसास गजलगङ्गा
  • मिस्ड कल सार्वजनिक
  • विद्यार्थी हुँ म
  • घनघस्याको उकालोदेखि ऐसेलुखर्कसम्म
  • मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
  • रात रहे... !
  • ब्याक्टेरिया र भाइरसको सपना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • दस हजार तालको राज्यमा घुम्दा
  • अामा
  • मेची क्याम्पस भद्रपुरकाे सूचना
  • हजारौ गल्ती तिम्रा मायामा भुलिदिन्छु
  • म, इन्टरनेट र स्रष्ठा सर्मीला खड्का दाहाल
  • मे दिवस
  • तिम्रो अंश हुँ म
  • याद
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित