Skip to content


लामा लामा पखेटा छन्
नीलो रङ्ग गाढा
हेर्छ घाँटी तन्काउँदै
घरिघरि टाढा ।

घुमिघुमी को हो भन्छ
हाँस्दै वरिपरि !
मलाई त राम्रो लाग्छ
झिल्के मयुर चरी ।

सातै रङ्ग इन्द्रेणीको
पखेँटामा हाल्यो ।
कति राम्रोसँग आहा !
मयुर नाच्न थाल्यो ।

फररर फैलिएका
पङ्ख हेरिकन
सबै साथी रमाउँछन्
दङ्ग हुन्छ मन ।

मुना २०६७ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *