• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

आमा बन्ने रहर

kbs — Sun, 02/27/2011 - 19:26

  • सामाजिक कथा
  • हरिहर शर्मा
  • नेपाल साप्ताहिक

रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। "के छ हालखबर यार !" अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्।

चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्।

"सबै ठीक छ," सामान्य लबजमा विशालाले भनिन्, "खासै केही छैन नयाँ।" हिक्मतले केही बोल्न नपाउँदै महत्त्वपूर्ण कुरा छुटाएको हडबड शैलीमा विशालाले फेरि भनिन्, "स्मृति प्रिग्नेन्ट भइछ।"

स्मृति विशालाकी साथी हुन्। स्मृतिको बिहे केही वर्षअगाडि भएको थियो।

हिक्मत अचम्ममा पर्‍यो। स्मृति 'प्रिग्नेन्ट' भएकाले ऊ अचम्ममा परेको थिएन। हालखबरको सञ्चार दोहोरो हुन नपाउँदै विशालाले त्यसरी आत्तिएर आफ्नी साथी प्रिग्नेन्ट भएको सुनाएकीले ऊ अचम्मित भएको थियो।

"ओ...कङ्ग्रयाच भनिदेऊ है !" हिक्मतले औपचारिकता बोल्यो। स्मृतिलाई उसले अप्रत्यक्ष रूपमा विशालाको साथीका रूपमा चिनेको थियो। स्मृति पनि हिक्मतलाई विशालाको साथीका रूपमा चिन्थिन्।

'चिसो' आइपुग्यो। विशालाले अघि नै अर्डर गरेकी रै'छिन्।

"अरू के ल्याऊँ सर?" वेटरले भन्यो। यतिखेर उनीहरू रेस्टुराँमा थिए, हर साँझ यसैगरी भेट्थे। भेट्न अनुकूल नमिलेको दिन उनीहरू मोबाइलमा लामै कुरा गर्थे।

विशाला प्राइभेट बैँकमा जागिरे थिइन्। उनको पद र आम्दानी राम्रै थियो।

वेटरको प्रश्न सरलाई थियो, मिस बोलिन्, चिकेन मःम ल्याऊ एक प्लेट...अहिलेलाई।" अहिलेलाई मःम मात्र मगाउनुको अर्थ थियो, आज लामै समय बस्ने मन रहेछ विशालाको। जबकि, हिक्मत एक घन्टाको समय मिलाएर आएको थियो। ऊ राष्ट्रिय स्तरको दैनिक पत्रिकामा आबद्ध थियो, राति बढी व्यस्त हुन्थ्यो।

वेटर गइसकेपछि विशालाले लाडिएको स्वरमा भनिन्, "मलाई पनि रहर लागिसक्यो।" हिक्मतले बल्ल बुझ्यो, विशालाको मुड। विशालाको दिमागमा स्मृतिको प्रिग्नेन्सी नाचिरहेको रहेछ।

नबुझेको झैँ गरी हिक्मतले भन्यो, "हिजै मात्र खाएको होइन चिकेन मःम, कति रहर लागेको !" हिक्मतलाई अभिनय गर्न त्यति आउन्नथ्यो। अनुहारमा जिस्किएको भाव प्रस्ट थियो, विशालाले बुझिहालिन्।

"के गर्नु, चिकेन मःम खाएर प्रिग्नेन्ट भइँदैन।" विशाला पनि जिस्किइन्। तर, हिक्मतलाई यस्तो सुन्दा बेमज्जा लाग्यो। थोरै रिस पनि उठ्यो उसलाई।

"जिउँदै भाले खाऊ न त...!" यस्तै भन्न खोजेको थियो हिक्मतले तर हिम्मत गरेन।

विशालाले जिस्किएर भनेको कुरालाई उसले पचाउने सामर्थ्य देखायो।

आफूले अलि बढी बोलेछु भन्ने भान विशालालाई भएछ। हिक्मतले अलिकति मन दुखाएको जस्तो बुझिन् उनले। उनी पनि कम होसियार त थिइनन्। ३२ लक्षण त कसमा पो हुन्छ र !

उठेर हिक्मतसँगै आएर टाँसिएर बसिन्। अघिसम्म उनीहरू आमनेसामने बसिरहेका थिए।

विशाला नजिक आएर बस्नासाथ हिक्मतको मुड फ्रेस भयो। नारीको एक स्पर्शले पुरुषहरूमा धेरै ठूलो असर गर्दो रहेछ। जब विशाला हिक्मतको काँधमा ढल्किइन्, उसले एकछिनका लागि संसार नै भुल्यो।

"सरी राजा !" विशालाले स्पष्टीकरण दिइन्, "ठट्टा मात्रै गरेकी।"

"इट्स ओके मैया !"

विशाला 'राजा'मा आउँदा, हिक्मत 'मैया'मा उक्लियो।

राजा भुल्यो, अफिसमा गई पत्रिकाको सेटिङ्मा लाग्नुछ। मैयाले सम्झाइन्, "काममा जानुपर्दैन त !"

मैयाको ज्ञानीपन देखेर राजा खुसी भए। तुरुन्तै मोबाइल झिके, "मलाई अबेला हुन्छ है, तिमी गर्दै गर।" मन खाएकी साथी पाए केटाहरू जे पनि गर्छन्, संसार भुल्छन् भन्ने कुराको प्रमाण बनिदिए राजा। उनले अफिसको साथीलाई फोन गरेका थिए।

त्यो साथीलाई थाहा थियो हिक्मतको 'चक्कर'। परेको म बेहोरुँला भनी उसले आश्वस्त पारेछ।

मःम सकियो।

"कोठामा गएर अब के खाना पकाउनू...!" विशालाले मात्र सुन्ने गरी हिक्मतले यति मात्र भनेको थियो, विशाला खुसी भइन्, कुरा बुझिन्।

त्यसपछि बर्गर आइपुग्यो। बर्गरपछि अरू पनि थुप्रै परिकारहरू आए। खानेकुराजस्तै उनीहरूका गफहरू पनि मीठा भए।

दुवै छुट्टिए। राजा पत्रिकाको अफिसतिर गए। मैया डेरातिर गइन्।

---

राति विशाला ९ बजेतिरै बेडमा गइन्। उनलाई निन्द्रा भने लागिरहेको थिएन।

तकिया थिचेर घोप्टो पल्टिरहेकी थिइन्, स्मृतिको प्रिग्नेन्सी याद गर्दै।

"बिहे, बच्चा, सबै वाहियात हुन्," कुनै बेला उनी आफैँ भन्थिन्। एकचोटि स्मृतिसँगै यही विषयमा विवादसमेत भएको थियो। आज भने उनी बेचैन थिइन्, स्मृतिभन्दा आफूलाई कमजोर महसुस गर्दै थिइन्।

उनको सुत्ने पोजिसन फेरियो। तकियालाई छातीमा राखिन्। विचरा तकिया !

तकियालाई हिक्मत बनाइन् र गफ गर्न थालिन्।

"मलाई त छिट्टै चाहिन्छ है !"

हिक्मतको डायलग पनि उनी आफैँ बोल्दै थिइन्।

"नौ महिनाभन्दा छिटो त कसरी गर्नू र !"

"पृथ्वीनारायण शाह त सातै महिनामा जन्मेका रे नि त !" उनको जिके राम्रै थियो।

"नरभूपाल शाहका श्रीमती त दुईवटा थिए नि !"

दुइटी श्रीमतीको कुरा सुन्नेबित्तिकै विशाला रिसइन्। तकियालाई हिक्मत ठानी दुई-चार मुक्का बर्साइहालिन्, बच्चीले आफ्नो बाबालाई कुटेजस्तो गरी।

राति ११ बजेतिर विशालाले एसएमएस गरिन्, "निन्द्रै लागिरा'छैन डियर...।"

हिक्मतले जवाफ दियो, "सुतिहाल, बिहान छिट्टै उठ्नुछ तिमीले।"

"किन?"

पत्रिका पढ्न जोड दिएर हिक्मत बोल्यो, "मैले दामी कथा लेखेको छु, खास तिम्रै लागि।"

"आफूलाई निन्द्रा लागिरा'छैन, पत्रिका पढ्नुछ, छिट्टै सुत रे !" मैया भित्रभित्रै चूर भइन्, "भोलि त झन् पढि्दन पत्रिका।" कोल्टे फेर्दै एक्लै मुरमुरिँदै थिइन्, "सुत्ने बेला यसो किससिस पनि दिनु छैन..., लेडिज स्टाफसँग गफ मार्दै होला आफू।"

हिक्मत भर्खरै पत्रिकामा आबद्ध भएको थियो। उनले छोटो समयमा आफ्नो फरक लेखनको माध्यमबाट राम्रै नाम बनाएको थियो।

हिक्मत काम गर्ने पत्रिकाको शनिबारको अंक विशेष हुन्थ्यो। जसमा पत्रिकाको नियमित खुराकका अलावा कलासाहित्य र मनोरञ्जनका छुट्टै विशेषांकहरू समाविष्ट हुन्थे।

साहित्यमा हिक्मत अक्सर कथा लेख्थ्यो। कथाको पहिलो रेस्पोन्स सधैँ उसकी मैयाले दिने गर्थिन्। यथार्थमा, हिक्मतका हरेक सिर्जनाहरू पत्रिकामा आउनुअघि नै विशाला पढ्ने गर्थिन्।

"तिमी मेरो पहिलो पाठक," हिक्मत सधैँ विशालालाई भन्थ्यो। विशाला पनि मख्ख पर्थिन् र पाठकको दायित्वबोध गर्थिन्। कतिपल्ट त हिक्मत आफ्नै मैयालाई कथामा जोड्ने पनि गर्थ्यो।

आजको कथाबारे भने विशालालाई जानकारी थिएन।

---

विशालालाई बिहान पत्रिका लिन जान हतार थियो। किनभने, यो पहिलो सिर्जना होला हिक्मतको, जसलाई उनले पत्रिकामा आउनुपूर्व पढेकी थिइनन्। उनी ज्यादा उत्सुक थिइन्।

सबेरै पसलबाट ब्रेड, अन्डा, दूधसँगै उनले पत्रिका ल्याइन्।

'आमा बन्ने रहर' शीर्षकमा कथा छापिएको थियो। हुनेवाला जीवनसाथीले कथाको रूप दिएर पत्रिकामा आफ्नै सन्दर्भ छापेकामा उनी साह्रै खुसी भइन्।

तुरुन्त हिक्मतलाई फोन गरिन्। हिक्मत सुतिरहेको थियो। बिहान उठेर एकैचोटि भात खान्छ ऊ।

"अनि, किन नाम चेन्ज गरेको त?" विशालाले गुनासो गरिन्।

विशालासँग ९९ खुसी थियो, एक गुनासो। तर, उनले सुरुवात खुसीबाट नगरी गुनासोबाट गरिन्। सम्भवतः यो नारी चरत्रि थियो।

कथामा हिक्मतले आफूलाई हार्दिक र विशालालाई शृंखला नामले चिनाएको थियो। यसमा विशाला असन्तुष्ट थिइन्।

"कि कोही छ, शृंखला भन्ने अर्कै केटी !" विशालाको यस्तो ठट्टा सुन्दा हिक्मतलाई बेमज्जा लाग्यो।

दुवैलाई थाहा थियो, पवित्रतामा उनीहरूबीच प्रतिस्पर्धा थियो।

हिक्मतलाई निन्द्रा परेन। समयभन्दा अगाडि नै ऊ उठ्यो।

हिक्मत नुहाउँदै थियो। गुन्गुनाउँदै थियो, 'रहने दो छोडो भी जाने दो यार, हम ना करेंगे प्यार !'

विशालामाथि बेलाबेला भूत सवार हुने गर्थ्यो। जे पायो त्यही बोल्थिन्। पहिले शंका गर्थिन्, पछि ठट्टा हो भन्थिन् र माफी माग्थिन्।

नुहाउँदै गर्दा हिक्मतको मुड त्यति फ्रेस हुन सकेको थिएन। "कि कोही छ, शृंखला भन्ने अर्कै केटी !" यही सम्भिरहेको थियो ऊ।

एकछिनमा एसएमएस आयो, "थ्यांकयू राजा ! मैले कथा चारपटक पढेँ, जति पढ्यो, पढूँ-पढूँ लाग्छ।"

हिम्मत जहाँ गए पनि मोबाइल साथमै राख्छ। उसलाई गाली खानु छैन, मैयाबाट ! कतिपल्ट त, ट्वाइलेटमा बसेको बेलामा समेत कुरा हुने गरेको छ उनीहरूबीच।

हिक्मतले पत्रिकामा लेखेको कथा उनीहरूको वास्तविकताभन्दा दुई कदम अगाडि थियो। कथामा शृंखलाको आमा बन्ने रहर पूरा भइसकेको हुन्छ।

"बधाई छ हार्दिकजी, तपाईं बाबु बन्नुभएको छ," नर्सको यही संवादसँगै कथा सकिएको हुन्छ।

हिक्मतले एसएमएसका अक्षरहरूभित्रै विशालाको अनुहार देख्यो।

विशाला भन्दै थिइन्, "अनि छोरा भयो कि छोरी, त्योचाहिँ खुलाउनु पर्दैन कथामा।"

हिक्मतलाई थोरै रिस उठ्यो, आजीत भएझैँ गरी भन्यो, "होइन मैया, जुम्ल्याहा भएका छन्, एउटा छोरा, एउटा छोरी ! अब भयो।"

"यू आर माई स्वीट डियर !"

विशाला मोबाइलबाट बाहिर निस्किएर हिक्मतको भिजेको गालामा किस गरिन्।

उसले पनि मोबाइलभित्रकी मैयालाई किस गर्‍यो।

आफ्नो पागलपनदेखि हिक्मत मुस्कुरायो ।

उसलाई लाग्यो, संसार धेरै सुन्दर छ ।

नेपाल साप्ताहिक ४३४

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 98
  • 2130 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 9 hours ago
  • सानो आग्रह गरे है सर
    2 days 4 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 13 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 4 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 7 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 5 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • फैलियो माया दुबो सरी
  • तिमी फेरिन्छ कि भनेर
  • फुल्दा फुल्दै प्रीत हाम्रो
  • तेल सुक्यो, पानीले चमत्कार गर्यो (विज्ञान लघुकथा)
  • प्रभु बिर्सेको छैन
  • मन
  • म एक छापामार थिएँ
  • मुमिन कार्टुन
  • माइन सेबोटेज
  • जिन्दगी...
  • नेताको स्वार्थ
  • ठूलो घर
  • मलाई त सुनसान रातसँग डर लाग्छ
  • बुझिदेउ
  • सात हाइकु
  • फेरि एउटा युद्धको प्रतीक्षामा छु
  • घोचक
  • हेर यो दशैंमा म
  • नीति श्लोक
  • पर्दाभित्र
  • निर्लज्ज रातहरू
  • Error (404)
  • हाम्रो नेपालमा
  • राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति
  • तीन मुक्तक (विर्सन्न कहिल्यै,आखाँ भरी,तिम्ले घात गर्दा हाँसे)
  • यो जिन्दगी खै के जिन्दगी
  • "म पनि पिउँदैछु मित्र"
  • कृष्ण गङ्गा उत्पत्ति वर्णन
  • नपग्लने यो मन
  • हाइकु
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित