Skip to content

रुवायौ तिमीले


ए! कस्तो घडीमा, उभ्यायौ तिमीले?
हँसाई-हँसाई, रुवायौ तिमीले ।

म हाँसू कसोरी, म बाँचू कसोरी ?
मबाटै कलेजो, चुडायौ तिमीले ।

ऊ यात्री म यात्री, तिमी आफू यात्री
नियात्रा बिचैमा, रुकायौ तिमीले

भुलायौ-झुलायौ, कतातिर भाग्यौ
र एक्लै झरीमा, रुझायौ तिमीले

मिठो मोडमा छ्यौ, तिमी जिन्दगीको
बिना सूर्य आफैं, उदायौ तिमीले !!!

हाल – दुबई, यु.ए.ई

1 thought on “रुवायौ तिमीले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *