Skip to content

रातभरि सपनीमा आई देख्छु तिमीलाई

  • by


रातभरि सपनीमा आई देख्छु तिमीलाई
बिपनीमा तिम्रो बाटो छेक्छु नजिक आई
यो मनको मझेरीमा आई बसिदेऊ न
खुलै राख्छु दिलको ढोका आई पसिदेऊ न ।

सजाउँछु तिमीलाई मनको मन्दिरमा
सधैभरि बाँधी राख्छु प्रीत जन्जीरमा
जून बनी आयौ तिमी पूर्णिमा छेकेर
मेरो चियो चर्चो गर्यौ औंसीलाई रोकेर ।

कुन बाटो आयौ तिमी खोली बगरमा
केवल तिमी बसेकी छौ मेरो नजरमा
हाँसे पनि डर लाग्छ मातिन्छौ कि भन्ने
रोए पनि डर लाग्छ आतिन्छौ कि भन्ने।

मनकै सिंहासनमा आई बसिदेऊ न बिन्ती
कोमल त्यो अंगालोमा कसिदेऊ न बिन्ती
नभई देऊ टाढा टाढा घाट लाग्ने डर
तिमीलाई परेको हात लाग्ने डर ।

यो मुटुमा तिमी नै छौ नयनमा तिमी
हाँसो खुशी रमाइलो चयनमा तिमी
कसो गरी भुल्छु र म तिम्रो लाली रुप
सम्झनामा आई सधैं सताउँछौ खुब

तीर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *