मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गेडी (जुहारी)
kbs — Thu, 03/10/2011 - 21:10
केटा
रुपै राम्रो लालीले मन चोरी कालीले
ओठ टोकी झुकेर खै के गरी सालीले
मोरीले
ससुराकी कान्छी छोरीले ।
केटी
तिमी कस्तो नक्कले, गाली पर्यौ किन नि
यति राम्रो जोवन मरे तिम्लाई दिन्न नि
नगर
मेरो भार पर्दै नपर ।
केटा
फूल टिपी लगाई लान्छु मेरी बनाई
मेरो मन बिचमा तिम्रो मन बसाई
भाकेर
देउराली साक्षी राखेर ।
केटी
भो भो धाक नलाऊ वर -वर नआऊ
जारी तिर्नु पर्ला नि मेरो हात नसमाऊ
बोलौंला
ठुलो ठुलो स्वरले कराउँला ।
केटा
त्यो आँखाको नानीमा मेरो फोटो राखेर
मुखले ठिक्क पारेर किन हेर्छौ ताकेर
जान्दछु
भन तिम्रो कुरा मान्दछु ।
केटी
मैले अन्तै रोज्य छु हितको माया रोज्या छु
मेरो भार नपर, जाली कुरा नगर
बसेर
गरौ कुरा घुँडा धसेर ।
केटा
फूलै राम्रो बाबरी भन्यौ तिमीलाई कसरी
मैले भन्या नमाने लान्छु हेर जसरी
देखौला
दोबटामा बाटो छेकौला।
केटी
तिमी जाली नक्कले भन्दै छन् नि सबले
पास तिम्रो आउन सकिन नि डरले
बेमानी
दिलाई चिर्यौ मलाई नभनी ।
केटा
ओठ लाली क्या गुलाबी त्यो रंगले
मनै चोर्यौ सान्नानी हंस चाले ढंगले
सारो भो
तिमी बिना बाँच्ने गाह्रो भो ।
केटी
भो भो कुरा नगर यता यता नसर
भनिसकें मैले त मेरो भर नपर
चोखो छ
यो दिलमा उस्कै फोटो छ ।
केटा
तिमी कस्तो बैमानी किन दियौ नभनी
तिम्रै भर पारेर बसे अरु नगनी
रुवायौ
नयन तालमा दुबायौ ।
केटी
अस्ति कुरा चपायौ बल्ल आज चाल पायौ
आज कुरा बुझेर आँखा रारा बनायौ
सुन लौ
मेरो कुरा मनमा गुन लौ ।
केटा
मैले अस्ति जानिन तिम्रो कुरा मानिन
यो दिलमा तिमी नै राखेको छु भनिन
झरे लौ
तरे भीरमा मत परे लौ।
केटी
ठिकै पर्यो बरिलै मन चोर्ने जालीलाई
फूलको अर्थ न बुझ्ने बगैंचाको मालीलाई
चेत्यै कि
अब बल्ल भाउ भेट्यौ कि ।
केटा
हाँस मन खोलेर मन पारी बोलेर
तिम्रो हाँसो आगो झै भयो मन पोलेर
हँसायौ
कुन मोरालाई मनमा बसायौ ।
तीर्थ "यात्री" पौडेल
- 3144 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- सुन्दर कविता
2 days 3 hours ago - न काफिमा मिलान भाे न रुक्नमा
2 days 8 hours ago - दमदार गजल वाह
3 days 6 hours ago - वाह
3 days 21 hours ago - थाप्छु दश करोड नि
1 week 17 hours ago - सुझावको लागि धन्यवाद सर !
1 week 1 day ago - गजब रहेछ मित्र ।
1 week 2 days ago - ल धेरै असल समीक्षा अायाे ।
1 week 4 days ago - यसको अरिजिनल याहा सम्लग्न
1 week 4 days ago - असल लाग्यो मित्र ।
2 weeks 5 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- नयाँ बर्षको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- डुबेको मधेशका गढेका दर्दहरू
- शुभकामना! जन्मदिनको !!
- जन्मदिनको शुभकामना
- आज मन उडेर भाग्छ
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- आँसु हाँसो मिलन बिछोड
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- सगरमाथा छोएको क्षण
- छोरीको जन्मदिनको शुभकामना
- पछिल्ला रचनाहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मेरी आमा, प्यारी आमा
- यसै गरी बिताईदिन्छु
- पाँच मुक्तक (अब त टाढा भएछु)
- तिमीलाई जन्मदिनको शुभकामना
- म हुरीमा दियो जलेको देख्छु
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- प्रिय मेरी मायालु तिम्रो यादमा
- मीरा (प्रेम कथा)
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- मलाई नसोध कहाँ दुख्छ घाउ
- ए झरी नझरी देउ यसरी
- धोका दियौ तिमीले
- मेरो छोरो भेटिएको छ
- प्रेम कविता
- मोहनी लाग्ला है
Last viewed:
- मुक्ति
- जिउदो शरीर गलेर बचेको अवशेष लाग्छ
- तिमी म तिरै सर हैं ।
- शहिद
- भेट्न आउ
- उँडी जाऊँ भने
- नबोले नि हुन्छ तिमी
- मैले हाँसो भुलेको धेरै भएछ
- मन
- शहरमा यौटा मानिस
- कथा
- "लाग्छ....असल परी हौ"
- हेर्छु तिमीलाई म
- अन्त्यमा जिन्दगी
- आफू त अब (झटारो )
- मेरो मन
- बदला
- दुई ताङका (बादलु घुम्टो)
- 'ओबोन् नो ही' अर्थात - सोरह श्राद्ध
- चैत महिना काफल पाक्या असाढमा केला (देउडा गीत)
- तिम्रो यादमा
- कथा
- तीन सिन्काहरु (कल्पेर बसें)
- जूनेली रात
- रङ्गमञ्चमा कविता
- यो जिन्दगी खै के जिन्दगी
- नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू
- कुनै एक दिन
- के छ र दिऊँ तिमीलाई मैले
- बिडम्बना !
Post new comment