केटा
रुपै राम्रो लालीले मन चोरी कालीले
ओठ टोकी झुकेर खै के गरी सालीले
मोरीले
ससुराकी कान्छी छोरीले ।
केटी
तिमी कस्तो नक्कले, गाली पर्यौ किन नि
यति राम्रो जोवन मरे तिम्लाई दिन्न नि
नगर
मेरो भार पर्दै नपर ।
केटा
फूल टिपी लगाई लान्छु मेरी बनाई
मेरो मन बिचमा तिम्रो मन बसाई
भाकेर
देउराली साक्षी राखेर ।
केटी
भो भो धाक नलाऊ वर -वर नआऊ
जारी तिर्नु पर्ला नि मेरो हात नसमाऊ
बोलौंला
ठुलो ठुलो स्वरले कराउँला ।
केटा
त्यो आँखाको नानीमा मेरो फोटो राखेर
मुखले ठिक्क पारेर किन हेर्छौ ताकेर
जान्दछु
भन तिम्रो कुरा मान्दछु ।
केटी
मैले अन्तै रोज्य छु हितको माया रोज्या छु
मेरो भार नपर, जाली कुरा नगर
बसेर
गरौ कुरा घुँडा धसेर ।
केटा
फूलै राम्रो बाबरी भन्यौ तिमीलाई कसरी
मैले भन्या नमाने लान्छु हेर जसरी
देखौला
दोबटामा बाटो छेकौला।
केटी
तिमी जाली नक्कले भन्दै छन् नि सबले
पास तिम्रो आउन सकिन नि डरले
बेमानी
दिलाई चिर्यौ मलाई नभनी ।
केटा
ओठ लाली क्या गुलाबी त्यो रंगले
मनै चोर्यौ सान्नानी हंस चाले ढंगले
सारो भो
तिमी बिना बाँच्ने गाह्रो भो ।
केटी
भो भो कुरा नगर यता यता नसर
भनिसकें मैले त मेरो भर नपर
चोखो छ
यो दिलमा उस्कै फोटो छ ।
केटा
तिमी कस्तो बैमानी किन दियौ नभनी
तिम्रै भर पारेर बसे अरु नगनी
रुवायौ
नयन तालमा दुबायौ ।
केटी
अस्ति कुरा चपायौ बल्ल आज चाल पायौ
आज कुरा बुझेर आँखा रारा बनायौ
सुन लौ
मेरो कुरा मनमा गुन लौ ।
केटा
मैले अस्ति जानिन तिम्रो कुरा मानिन
यो दिलमा तिमी नै राखेको छु भनिन
झरे लौ
तरे भीरमा मत परे लौ।
केटी
ठिकै पर्यो बरिलै मन चोर्ने जालीलाई
फूलको अर्थ न बुझ्ने बगैंचाको मालीलाई
चेत्यै कि
अब बल्ल भाउ भेट्यौ कि ।
केटा
हाँस मन खोलेर मन पारी बोलेर
तिम्रो हाँसो आगो झै भयो मन पोलेर
हँसायौ
कुन मोरालाई मनमा बसायौ ।
तीर्थ “यात्री” पौडेल