Skip to content


जब सपनाहरू ढल्दै जान्छ मायामा
जब विश्वाशहरू गल्दै जान्छ मायामा

तिम्ले मलाई आफ्नो मान्छे भन्नु बेक्कार हुन्छ,
जब म चित्तामा झैं बल्दै जान्छ मायामा

——————————–

अब मेरो मायालु’नि छिट्टै आउँदै छ रे
सम्झनाको लहरहरू बोकी ल्याउँदै छ रे

थाहा छ साथी, मेरो मनको एउटा कुरा भनुम,
अबदेखि यो पलासले जीवन पाउँदै छ रे

——————————–

धेरै याद आयो हजुर आफ्नो नहुनेको
सम्झनाले छायो हजुर आफ्नो नहुनेको

गाह्रो भा’छ उनी बिना मन नै स्थिर पार्न,
कस्तो अभाव पायो हजुर आफ्नो नहुनेको

——————————–

तिम्रो यादले आज मलाई पिउन पर्ने बना’को छ
पिउने कपको जिन्दगी झैं, जिउन पर्ने बना’को छ

एक कप-दुई कप गर्दा गर्दै धेरै पिएपछि
त्यही नशाले मनको पिर सिउन पर्ने बना’को छ

——————————–

तिमी आउँछौ रे भनी चियाएर हेरें
फाटेको मन सिलाएर हेरें

बानी नै न बसेको भए पनि, तिमी न आएसि
अलिअलि गर्दै बोतल पिलाएर हेरें

——————————–

सुन खान्छौ होला तिमी, सुनै लाउँछौ होला
सुनै सुनको महलमा बस्ने ठाउँ छ होला

छम् छम् पाउजु बजाउँदै, ट्वाइलेट् बाथरूम् जाँदा पनि
सुन कै घोडा चढी तिम्रो सवार आउँछ होला

——————————–

तिम्रो मेरो माया बस्यो, छुट्छ भन्ने थाहा पाएर नि
लट्टाई बिनाको चङ्गा जस्तै, चुट्छ भन्ने थाहा पाएर नि

परिबन्दले कस्सिएको तिम्रो मेरो प्रेम
हावा भरिएको बेलुन जस्तै, फुट्छ भन्ने थाहा पाएर नि

——————————–

धेरै पल सपनीमा उठिरहन्छ आजभोलि
हिंड्दा हिंड्दै तिम्रो साथ छुटीरहन्छ आजभोलि

पाउन्न क्या’ हो तिम्रो मेरो पिरतीले पुरा
दुस्मन आई तिम्रो शरीर लुटीरहन्छ आजभोलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *