Skip to content


यो पाली
राजा मातिएर
राजार्षी ठाँट्-बाँट्मा -देशमाथि घोडा चढिराखेको छ ।
सिहार गर्दै शाही बर्दीहरू,
राजासिँहासनबाट
कामोत्तेजना पुरा गर्न
जनताका आवाजहरू माथि रोक लगाएर
जनताका पाईतालाहरू मुनी कर्फ्यु लगाएर
बर्दीधारी सिपाहीहरू तैनाथ गरेर
मण्डलेहरूका खुला सभामा ।
यो पाली
राजा मातिएर
देश माथि घोडा चढिराखेको छ ।
देश अर्धचेतन अवस्थामा रोईरहदा
देश रक्तस्रावमा डुबिरहँदा
दिउँसै प्रहरमा-राजा मातिएर
स्तन निङ्ग्याई राखेको छ ।
ओठ चुमिराखेको छ ।
काला केश राशीहरूमा समातेर
कामवासना पुरा गर्ने,
असफल प्रयास गर्दै छ ।
यो पाली
राजा मातिएर
देश माथि घोडा चढिराखेको छ ।

(७ बैशाख २०६३, कालोपानि-मुस्ताङ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *