Skip to content

घाम माफियाहरू ! जून माफियाहरू


देशमा
घाम ल्याउने बहानामा
देशमा जून ल्याउने बहानामा
घाम माफियाहरू
जून माफियाहरू
दिनानु दिन सगरमाथाको फडानी गरेर
खुशीयालीका, रारा र फेवाहरू पुर न जुटेका छन्
सम्साँझै पहाडहरूमा डढेलो लगाएर
मायाका कोशी, गण्डकी र कर्णालीका मुहानहरू सुकाउन
उठेका छन् ।
तर,
घाम ल्याउने बहाना सगरमाथाको फडानी गरेर
खुशीयालीका रारा र फेवा पुर्न जुटेका घाम माफियाहरू,
जून ल्याउने बहानामा
पहाडहरूमा डढेलो लगाएर
मायाका कोशी, गण्डकी र कर्णालीका मुहानहरू सुकाउन उठेका
जून माफियाहरू
घाम ल्याउने बहानामा
जून ल्याउने बहानामा
आस्थाका गुम्बाहरूमा लास फ्याँकेर
मायाका नदीहरूमा रगत बगाएर
स्वाभिमानका सगरमाथाहरूमा बन्दुक पड्काएर
न त घाम र जून हिजो जितेका थिए !
न त घाम र जून आज जितिन्छ !
न त घाम र जून भोली जितिएला !
देशमा
घाम ल्याउने बहानामा – घाम माफियाहरू
सगरमाथाहरूको फडानी गरेर
रारा र फेवा पुर न जुटेका छन्
देशमा जून ल्याउने बहानामा -जून माफियाहरू
पहाडहरूमा डडेलो लगाएर
कोशी, गण्डकी र कर्णाली सिकाउन उठेका छन् ।

1 thought on “घाम माफियाहरू ! जून माफियाहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *