Skip to content

जुरेलीको माउ नै छैन भन्छन् हजुर !


कहाँ जाउँ-कता जाउँ ठाउँ नै छैन भन्छन् हजुर
डढेलोले नखाएको गाउँ नै छैन भन्छन् हजुर !

सन्नाटाले छाएको छ उराठ- उदास मनहरू
तड्पिएर नबसेको घाउ नै छैन भन्छन् हजुर !

साँघु तुईन काटी सके, माझी डरले भागीसके
वारिदेखि पारि तर्ने नाउ नै छैन भन्छन् हजुर !

कति मान्छे मरिसके, कति रगत बगिसके
अझै यहाँ मान्छेको कुनै भाउ नै छैन भन्छन् हजुर !

कुनै घाईते गुँडभित्र, कुनै बचरा मारिएका
कहाँ गईन् जुरेलीको माउ नै छैन भन्छन् हजुर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *