Skip to content


आज बरबोटे गाँउमा ठुलो हल्ला खल्ला फैलिएको छ । गाउँलेहरू मिलेर हर्केलाई पाता कसेर भुइँमा लडाएर राखेका छन् । कुकर्मी हर्के १३ बर्ष पुग्दैछ, तर उसको कुबुद्धिले ७ बर्षकी बालिका रीतामाथि बलात्कार गरेर सानो उमेरमा नै बाल अपराधी बन्न पुगेको छ । कोही गाउँलेहरू टाढाको गाँउको पुलिस चौकीमा पुलिसलाई खबर गर्न र बोलाउन गएका छन् ।

हर्केको खास नाम हर्कबहादुर हो, तर गाउँमा सबैले हर्के भनेर बोलाउने गर्छन । ऊ गाँउको स्कुलमा नै ७ क्लासमा पढ्दैछ, उसको पढाईमा औसतमा राम्रै थियो । स्कुलमा उसका साथीहरू पनि खासै बदमास टाइपका छैनन् । हर्के सानैदेखि अलि हक्की अनि साहसिलो स्वभावको थियो । हर्केका बुवा गाउँमा छैनन्, विदेश अरब कतार गएको ६/७ बर्ष हुँदैछ । कहिलेकाहीं दुई बर्षमा एक चोटी छुट्टीमा आउँछन । घरमा करिब ३५ बर्ष उमेरकी आमा सरला र एउटी १० बर्ष कि बहिनी मुना छिन् । हर्केको परिवारको आर्थिक स्थिति उसको बुवा विदेश जानुभन्दा अगाडि त्यति राम्रो थिएन । जसो तसो साहुबाट ऋण गरेर भए पनि हर्केका बुवा अरब कतार गएपछि घरमा आमा सरलालाई घर परिवार धान्न सजिलो हुदै गएको थियो । साथै गाउँमा प्राय जसो हरेक घर घरमा विदेश गएर कमाएर पठाएको पैसाले सबैको घर परिवार चलाई रहेका छन् । परम्परागत कृषि खेती पनि भौगोलिक हावापानी परिवर्तनले गर्दा उब्जनी हुन छाडेको छ । खेती किसानी गरेर खाने गाउँलेहरू अब उब्जनी राम्रो नभएर धेरै चिन्तित छन् । गाँउमा कुनै राम्रो रोजगारको सम्भावना नै छैन । अँझ नजिकतिरको सहर बजारतिर पनि खासै कुनै उद्योग धन्दा नभएकोले गाउँलेहरू भारत, अरब अनि मलेसियातिर काम गर्न जानु बाध्यता नै भएको छ ।

हुन त हर्केको बुवालाई पनि परिवार छोडेर विदेश जाने मन त कहाँ थियो र । हर्केको बुवालाई आफ्नो प्यारी श्रीमती अनि बाल बच्चालाई चटक्क छोडेर जानु निकै गाह्रो भएको थियो । तर के गर्नु ? आफ्नो पारिवारिक माना चामल जुटाउनलाई पनि विदेश जान बाध्य भएका थिए । हर्केका बुवा पनि अरु गाउँले सरह विदेश अरब कतार गएपछि परिवारमा सुखका दिन फिरेका थिए । आखिर हर्के ७ बर्षको हुँदा बुवा विदेश लागेकाले उसले बुवाको न्यानो अँगालो अनि माया पाउन सकेको छैन । एकातिर हर्केकी आमा सरलाले पनि आफ्नो श्रीमान साथमा नहुँदा एक्लो महसुस गर्ने गर्छिन् । त्यो उमेरमा श्रीमानसँगै बस्न नपाएकोमा कहिलेकाहीं खिन्न हुन्छिन् । आमा सरलाले हर्केको पढाई लेखाई हरेक कुरा हेर्नु पर्ने बाध्यता, कर्तब्य छ । हर्केका बुवा बेला बेलामा अरब कतारबाट पैसा पठाई रहन्थे, यही पैसाले त्यो अहिले बसेको नया घर बनेको थियो । हर्केका बुवाले विदेशबाट आउँदा परिवारलाई चाहने हरेक कुरा जोहो गरेको थियो । रेडियो, क्यामेरा, टि.भी., डिभिडी प्लेयर, सिडी इत्यादी सबै हर्केको घरमा बन्दोबस्त थियो । सदरमुकाम सहर जाने बाटो परेकोले त्यहीं गाउँ हुदै बिजुलीको लाइन सदरमुकाम लगेकोले हर्केको गाउँमा बिजुलीति हरेक घरमा पुगेको थियो । अरु जे सुकै भए तापनि बिजुली मनग्यै थियो, गाउँलेहरू अरु अर्को गाउँको भन्दा खुशी नै देखिन्थे । हरेक पटक हर्केका बुवा घर छुट्टी आउँदा घरको रौनक नै फेरिन्थ्यो । गाँउमा पनि हर्केको बुवाको निकै इज्जत थियो । ऊ पुरा ४५ दिनको छुट्टीमा मोज गरेर बिताउन्थ्यो । गाँउलेहरूलाई जाँड रक्सी खुवाउनु उसको गर्वको कुरा थियो । रबाफका साथ अरब कतार सहरको बयान गर्ने गर्थ्यो । अरब कतारमा बिदेशी केटीहरूसँग मस्ती गरेको कुरा, अनि बिदेशी केटी हेरेर त यहाँ आफ्ना स्वास्नी राम्रो लाग्दैनन् भनेर जाँडले मातेको बेला कहिलेकाहीं खुस्काउने गर्थ्यो । हर्केका बुवा पनि निकै मिजासिला थिए, कतारमा अर्कै बिदेशी केटीसँग लहसिएको कुरा पनि गाइगुई सुनिन्थ्यो । आखिर जसले खुवाउछ, जसले खर्च गर्छ, उसैको पछि लाग्नु समाजमा देखिएको कुरा नै हो, बरबोटे गाउँका गाँउलेहरू उसको कुरा निकै सुन्थे । मोज मज्जामा नै छुट्टी सिद्धिएपछि हर्केका बुवा अरब कतार फर्कन्थे ।

हर्केकी आमा सरला पनि निकै राम्री थिइन्, दुई बच्चाकी आमा भए पनि अझ कुनै खासै परिवर्तन थिएन । आखिर सरला पनि एउटी वयस्क महिला नै थिइन् । यो अधबैसे उमेरमा लोग्नेको न्यानो स्पर्शताको खाचो नै थियो । आफ्नो श्रीमान ४/५ बर्ष विदेश सम्म बस्ने क्रम बढेपछि न्यास्रो मान्दै आएकी थिइन् । तिनले श्रीमानलाई नभनेकी होइन, तर श्रीमानले अँझ १/२ बर्ष बस्छु अनि फिनिस घर आउला भनेर भनेका थिए । यसै क्रममा तल्लो घरको साइनोमा देवर पर्ने साहिंला सिंह, अरब दुबईबाट काम छोडेर घर आएर बसेका थिए । कमाई राम्रो भएन अर्कै देश जान्छु भनेर राम्रो अवसरको खोजीमा थियो । सरलाको ठुलो ब्यबस्थित घरमा कहिलेकाहीं फिलिम हेर्ने बहानामा साहिंला सिंह आउन थालेका थिए । यसै बेला देखि सरला र साहिंला सिंहको हिम चिम बढ्न थाल्यो, साहिंला सिंह पनि एक हट्टा कठ्ठा जवान थियो । आखिर एक अविवाहित जवान पुरुष अनि अधबैसे महिला, श्रीमान टाढा भएको अबस्थामा कहिलेकाहीं जिस्कनु सामान्य नै थियो । समय क्रमसंगै सरला र साहिंला सिंह बीच सामान्य भलाकुसारी हुदै हिमचिम निकै बढेको थियो । उनीहरू बीचको यही सम्बन्धले बिस्तारै शारीरिक सम्बन्धको रुप लिन थाल्यो । एक रात हर्केले आफ्नी आमा र साहिंला सिंह अंकल टि.भी. कोठामा छोरा-मान्छे अनि छोरी-मान्छे पनि नाङ्गो भएको फिलिम हेर्दै गरेको देख्यो । हर्केले पनि ढोकाको कापबाट हेरिरह्यो । भर्खर १३ बर्ष पुग्दै गरेको हर्के अचम्म पर्यो । यस्तो उसले कहिले पनि सोचेको थिएन, देखेको पनि थिएन । केही समय पश्चात आमा माथि अंकल खप्टिन पुगे, उसलाई झन् अचम्म लाग्यो । उसले स्कुलका सिनियर दाजुहरू सेक्सको बारेमा कुरा गरेको अनि कहिलेकाहीं जिस्काएको याद आयो । आज आफ्नै आँखा अगाडि यो कार्य उसले विश्वास गर्ने सकेन । यो दृश्य हेर्न नसकेर हर्के आफ्नो ओछ्यानमा फर्क्यो । उसको मनभित्र अचम्मको कौतुहल जागिरहयो, कतिखेर ऊ फुस्स निदाएछ ।

भोलिपल्ट बिहान हर्केले राति के गरेको भनी आमालाई सोध्यो, सरला छक्क परिन् । मैले सबै कुरा देखें, म बुवालाई भन्छु भनी घुर्कायो । सरला बोल्न नै सकिनन् । केही बेर पछि सरलाले हर्केलाई फकाउदै “तैले जे माग्छ्स त्यहीं दिउँला, कसैलाई पनि नभन ” भन्दै फुरुक्क पारिन् । त्यसो भए मलाई स्पोर्ट जुत्ता, फुटबल जुत्ता, भकुण्डो, ज्याकेट, जिनको पेन्ट, भिडिओ गेम किनिदिने हो भने म कसैलाई भन्दिन भनेर हर्केले बार्गेनिंग गर्यो । यो कुरा अब हर्के र आमा बीच नै रह्यो । अर्को दिन सरला र हर्के सहर पुगे । हर्केले मागे बमोजिम सबै कुराहरू सरलाले पुरयाई दिइन् । हर्के पनि खुशीले फुरुंग भयो । अब हर्केले आफूले मागे बमोजिमको चिज पाएर मख्ख भई भुइँमा खुट्टा थिएन । अब ऊ निकै रवाफका साथ स्कुलमा फुर्ती लगाउदै साथीहरूको अगाडि देखा पर्न थाल्यो । स्कुलका साथीभाइहरू हर्केको फेरिएको अवस्था देखेर इर्ष्यालु हुँदै थिए । यता घरमा साहिंला सिंह अंकल पनि घरि घरि घरमा आउने क्रम जारी नै थियो ।

हर्केको त्यो बाल मष्तिस्कमा कौतुहल जागेको थियो । आमा र अंकलको त्यो दृश्य देखेपछि अचानक मोडिएको थियो । त्यसै त हर्केको टीन एज भर्खर शुरु भएको थियो । स्कुलमा सिनियर साथीहरू सेक्सको बारेमा कुरा गर्दा अब ऊ ध्यान दिएर सुन्न थालेको थियो । आमा र अंकलको त्यो सम्बन्ध थाहा पाएपछि हर्के बेचैन थियो । आखिर आमा र अंकलले टि.भी.मा के हेरेका हुन् अनि अंकल किन आमा माथि खप्टिएको हो ? यो कुरा हर्केको दिमागमा घुमीरहेको थियो । एक दिन घरमा कोही नभएको बेला हर्केले आमाले लुकाएर राखेको त्यो निलो फिलिम डिभिडी प्लेयरमा हालेरा टि.भी.मा हेर्यो । ओहो ! यो त अचम्मको पो रहेछ, ऊ छक्क पर्यो । नांगै ठुलो छोरा मान्छे अनि नांगै छोरी मान्छे अनि एक अर्का बीच त्यो यौन समागमको दृश्य । त्यो दृश्य हेर्दै गर्दा उसलाई आफू सानो छँदाको हराई सकेको झिनो मसिनो आफ्नो नांगै नुहाएको याद आयो । त्यसपछि हर्केलाई उकुस मुकुस भएर आयो, उसलाई के गरौ, कसो गरौ भयो । उसलाई पनि आफ्नो कपडा खोल्न मन लाग्यो ।

ए मुना, मुना! म तसँग खेल्न आएको, कता छस् ? यसै बेला पल्लो घरकी सानी बहिनी रीता हर्केको बहिनी मुनासँग खेल्नलाई खोज्दै आएकी थिइन् । हर्केले हतार हतार टि.भी.बन्द गर्यो । हर्केले अनायास के सोच्यो, उसले रीताको मुख आफ्नो हातले छोपी च्याप्प समातेर आफ्नो कोठाभित्र पुर्यायो अनि अंकलले आमामाथि खप्टे जस्तै रीतामाथि खप्टिन शुरु गर्यो ।

सेप्टेम्बर २०१०

6 thoughts on “दोष कसको?”

  1. यथार्थवादी कथा
    बुद्धजी,

    सधैंझैं यथार्थवादी कथा आयो । कथाको लागि धन्यवाद छ । केही वर्णविन्यास आदि सामान्य सुधार गरिएको छ । कृपया पहिलेकै टेक्स्ट राखेर रिप्लेस नगर्नुहोला ।

  2. Samajik katha
    Samajik bisangiti haru laai najik bat kornu bhayeko rahechh lekhak Buddha chemjong G. Sandesh mulak katha lagyo.

  3. Hoina Buddha jee
    Buddha jee ka katha haru khoji khoji padhna po man lagchh yaar, hoina tapai ka katha haruma nikai chumbak badhdai chh haha hahhaa

  4. Buddha jee ka story
    Buddha jee ka story haru pray yastai suspend type ka rahechhn, but really nice so interesting

  5. यस कथामा दोष कसलाई दिने र?
    यस कथामा दोष कसलाई दिने र? हाम्रो देशको गरिबी, विदेश जानु पर्ने बाध्यता, श्रीमान श्रीमती लामो समय सम्म छुटेर बस्नु पर्ने अवस्था, शारीरिक यौन चाहनालाई दबाएर बस्नु पर्दा अनि लुकी लुकी यौन चाहना मेट्ने परिबेस नै वास्तविक दोषी देखिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *