Skip to content

निर्मोहीलाई छातीभित्र लुकाएर व्यर्थै भयो

  • by


निर्मोहीलाई छातीभित्र लुकाएर व्यर्थै भयो
नदुखेको मुटु मैले दुखाएर व्यर्थै भयो

डाँडै काटी जाँदा पनि फर्क भनी बोलाइरहेँ
घाँटी दुखाई स्वर मात्र सुकाएर व्यर्थै भयो

बुद्धिचाल खेल्नेसँग खेल खेलेँ म पिरतीको
जरिवाना तिर्दै जीवन चुकाएर व्यर्थै भयो

आफ्नै सम्झी मनका सबै दु:ख सुख भनिदिएँ
नसुन्नेलाई पीडाहरू सुनाएर व्यर्थै भयो

भन्ने गर्थे सबैले मायाजालमा परिस् भनी
होइन भनी सबैलाई झुक्काएर व्यर्थै भयो

अज्ञात पाल्पाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *