Skip to content

हिजो आज दिन रात

  • by


हिजो आज दिन रात लामो लाग्छ किन
तिम्रो हाम्रो मिलन हुने कहिले आउँछ दिन

धेरै खोजें धेरै डुलें चोखोमाया भेटिएन
यो मुटुमा तिमी बाहेक अरु कोही भेटिएन
सपनीमा मात्रै हाम्रो कुरा मिल्छ किन
तिम्रो हाम्रो मिलन हुने कहिले आउँछ दिन

कति पिएँ आँसुहरु मनको प्यास मेटिएन
तिम्रो जस्तो रुपरङ्ग यो संसारमा देखिएन
सम्झनामा मात्रै हाम्रो भेट हुन्छ किन
तिम्रो हाम्रो मिलन हुने कहिले आउँछ दिन

शब्द – गौतम तिमिला
स्वर – शीतल पुन
संगीत – राम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *