Skip to content

बिर्सन पनि गाह्रो लाग्छ

  • by


बिर्सन पनि गाह्रो लाग्छ
सम्झन पनि अप्ठ्यारो लाग्छ ।

मन पर्दैन सत्ते फूल मलाई
काँडा बरु प्यारो लाग्छ ।

बितेन कहिल्यै रमाइलोसित दिन
भविष्य झन् अँध्यारो लाग्छ ।

नपत्याएर कसैले आफूलाई
जिन्दगी यो उधारो लाग्छ ।

जता ताके पनि नियतिले
मलाई नै किन तारो लाग्छ ?

नेपाल साप्ताहिक ४३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *