Skip to content

बितेको पुरानो, कहानी याद आयो


बितेको पुरानो, कहानी याद आयो ।
फक्रेर झरेको, जवानी याद आयो ।

अंगालिंदा- झरी, झरिरहँदा त्यो
झरेको असिना, र पानी याद आयो ।

हात छुट्दा खेरी, साथ छुट्दा खेरी
आँसुले भिजेको, सिरानी याद आयो ।

अनौठो मजाको, नियात्रा थियो त्यो ।
मलाई उही जिन्दगानी याद आयो ।

ती ताता सपना, म देख्दै रहँदा ।
बिउझिएँ चिसो, बिहानी याद आयो ।

हाल-दुबई, यू.ए.ई.

5 thoughts on “बितेको पुरानो, कहानी याद आयो”

  1. tapaiko gajal malai man paryo
    tapaiko gajal malai man paryo surya g…chhittai gajal sangraha liyera aaunu hola pratikshama rahane chhu….

  2. ठिस बुढा

    सूर्य चेम्जोङको मिठो कहानी …
    सबैलाई नमस्कार !

    सुर्य सरको वजनदार गजलले मलाई पनि नोस्टाल्जिक बनायो …

    प्रभावित भएपछिको मेरो भावना पोखेको छु:

    त्यो जमाना अझै याद छ
    त्यो अनुहार अझै याद छ
    बित्यो समय तर भुल्न सकिन
    त्यो बाटो ढुकेको अझै याद छ

    त्यो लुकेर भेट्नु अनि लजाएर बोल्नु
    आँखा लुकाएर हेर्नु अनि सँगै हिँड्नु
    त्यो जमाना अझै याद छ
    त्यो अनुहार अझै याद छ

    हाम्रो छुट्यो बाटो तर हराउन सकिन
    त्यो सँगै बाँच्ने कशम भुल्न सकिन

    त्यो जमाना अझै याद छ
    त्यो अनुहार अझै याद छ

    क्रमश:

    🙂
    शुभसमय
    बाई !

  3. धन्यवाद मित्रहरु सबैलाई मेरो
    धन्यवाद मित्रहरु सबैलाई मेरो रचना मन पराएर केहि मनमा लागेको कुरा लेखिदिनु भएकोमा…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *