Skip to content


कहिल्यै नपाक्ने यो संविधान
अचम्मको जात रहेछ
भोकाएका जनताहरूलाई मार्ने
मोटाएका सभासदहरूको हात रहेछ
किन पाकेन त संविधान ?
रोपाइ गर्दा षड्यन्त्र भयो होला
गोड्दा वैचारिक द्वन्द्व चल्यो होला
सायद गुणस्तरहीन मल पर्यो (कि) होला
कि पाक्ने छाटकाट अन्तै स‍र्यो हेाला
तर बनोस् पनि कसरी,
स्वार्थ भरिएकेा सभासदहरू छन्
संविधानलाई धमिराले जस्तै खोक्रो पारी
आफूहरूलाई भर्न तल्लीन छन्् ।
गरिबीले च्यापेको अशिक्षाले धकेलेको
देशमा नपाक्ने भो संविधान
आन्दोलन-जुलुस, चक्काजाम मात्र हुन्छ
तर बन्दैन समयमा संविधान

युवामञ्च २०६७ फागुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *