मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हाइकू कसरी लेख्ने ?
kbs — Mon, 03/21/2011 - 13:10
हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । सानो कवितामा नाम कमाएको हाइकूको मूल थलो जापान हो । जापानीको संस्कृतिमा सानोमा संसार देख्न सकिन्छ । एउटा सानो प्लेटमा घना जङ्गलको भाव दिने र एक विरुवाको वृक्ष बूढो देखिने मात्र हैन सानो बोटामा ठूलो फल पलाउने कलामा सिद्धहस्त छन् जापानी । यस्तो बोनसाइका क्रममा कवितालाई पनि सानोमा संसार अटाउने अणुजस्तै विचारको बीउ सिर्जना गरेर हाइकू कवितामा पिपलको बीउजस्तै उनीहरू सानोमा विशाल वृक्ष बन्ने शक्ति भर्छन् साहित्यमा । हेर्दा सानो भए पनि यो महाकाव्य हो । सानो भित्र महाकाव्य सिर्जना गर्नु महान् कविका लागि पनि एउटा हाँक भएको छ । यही चुनौतीको सामना गर्न आजका युवाले कम्मर कसेका छन् । आजको व्यस्त समयमा मुखमा पीपी हालेजस्तो, ठूलो दृश्यलाई चरीको दृष्टिमा अटाएर सानोभित्र सम्पूर्णता दिने हाइकू साँचै कविका लागि ठूलो प्राप्ति हो । मन्त्र जस्तै हुनसक्छ हाइकू । एटम बम जत्तिकै शक्तिशाली हुनसक्छ हाइकू पाठक, श्रोताको मुख मुखमा कण्ठस्थ हुनसक्छ र अटोमा लेख्न, महावाणीका रूपमा राख्न अनि बौलदा, खेल्दा हाइकू उदाहरणका रूपमा आउन सक्छन् । यसैले हाइकूको लोकप्रियता बढ्दै छ र नेपालमा पनि हाइकू जनप्रिय बन्दैछ ।
यति महत्त्वपूर्ण कविता कसरी लेख्ने ? हाइकू हेर्दा तुरुन्त लेख्न सकिन्छ जस्तो लाग्छ । हाइकूलाई नबुझी खरखरती लेख्नेहरू पनि छन् तर यसतो हाइकू हाइकू नभई बतासे फूल जस्तै हुन्छन् । हाइकूजस्ता रूप तर खास हाइकू नहुँदा वारीमा चरालाई छकाउने नक्कली मान्छे 'बुख्याँचा' बनाए जस्तो हुने हुँदा ती काइते कामलाई 'काइकू' भन्ने गरेको छु । फोस्रा धान जस्ता यस्ता छोटा कवितामा ज्यान हुँदैन र ती सक्कली हाइकू हुनसक्दैनन् । सक्कली हाइकू लेख्नका लागि हाइकूको इतिहास, संरचना शास्त्र र नमूना हाइकू पढेर त्यसभित्रको सार बुझ्न पर्छ । यसरी बुझेर लेखिएको हाइकूमा रस रङ दर्शन प्रदर्शन हुन्छ । जिउँदोपनाको धुकधुकी पाइन्छ र त्यसलाई मन्त्रजस्तै जप्न, सम्झन र प्रयोग गर्न मात्र हैन त्यसबाट आत्मीय सुख र मीठो स्वाद लिएर शान्तिको स्वास फेर्न सघाउ पुग्छ ।
हाइकूको जन्म ः
हाइकू जापानी कविताकै टाउके रूप हो । मध्यकाल ताका जापानमा हाइफाइ वा हाइफाइनो रेङ्गा कविता प्रचलित थियो । सन् १६४४-१६९४ वासो कालमा हाइफाइ कविता स्थापित भयो यही कवितालाई मासाओका सिकी (१८६७-१९०२) ले सुधार गरी हाइकू नाम दिए । यसरी हाइफाइबाट हाइकूको जन्म भयो । हाइकू ५-७-५ को १६ अक्षरमा रचना हुने जापानी विशेषतापूर्ण कविता हो । सानो भए पनि सुन्दर, विम्बात्मक भएर नै स्वादिलो हाइकू रचना सजिलोजस्तो लागे पनि सूक्ष्म दृष्टिले हेर्दा हाँकपूर्ण छ । खुबै सोचेर लेख्नु पर्छ । शब्द संयोजन र विम्ब ठिक ठाउँमा रचना भए र संस्कृतिका गहिरा कुरा केलाउन सक्नुपर्छ । यसैले यात्रा गरेर लेखिएको हाइकू उत्कृष्ट बन्न सक्दछ ।
हाइकूको संरचना ः
हाइकू रचना जम्मा ३ हरफमा हुन्छ । पहिलो हरफ ५ अक्षरयुक्त पदावली, दोस्रो ७ अक्षरयुक्त र तेस्रो ५ अक्षरको पदावली चकित पार्ने प्रकारले रचना हुन्छ । हाइकू पहिलो हरफ ५ अक्षरको अर्थपूर्ण संरचना, दोस्रोमा ७ अक्षरमा र तेस्रो पनि ५ अक्षरमा नै रचना गर्नुपर्ने हुन्छ । यसरी हाइकू भन्ने वित्तिकै ५-७-५ अक्षरको जम्मा १७ अक्षर भित्र ३ हरफमा लेखिने कविता भन्ने बुझिन्छ । यो छोटो शैलीको कतिवा हो । मात्रा मिलाएर मात्र हाइकू बन्दैन । हाइकू भित्र रुखको भाषा 'किगो' हुनुपर्छ भन्ने जापानी मान्यता छ । जापानी भाषामा 'क' भनेको रुख र 'गो' भनेको भाषा हो । किगोको अर्थ प्रकृतिको विम्ब दिनुपर्छ भन्ने हो । अर्थात् प्रकृतिको भाषा नबुझी सुन्दर हाइकू सिर्जना हुनसक्दैन । प्रकृतिबाट नै जीवन दर्शन दिन हाइकू अत्यन्त गहिरो सोचाइमा सिर्जना हुन्छ । एउटा राम्रो हाइकूले चिन्तन मनन गर्न मात्र हैन एउटा उज्यालो दिएर आत्मीय सुखशान्तिको भिन्नै दुनियाँ पुर्याउँछ । यसैले जापानमा बौद्ध भिक्षुले हाइकूलाई ध्यानको एउटा माध्यम रचना बनाएको पाइन्छ ।
हाइकूको रहस्य ः
हाइकू कविताभित्र विम्बको प्रतिविम्ब हुन्छ । यही विम्बले नै कविताको प्राण दिएको हुन्छ । पोखरीमा भ्यागुतो हामफालेको दृश्य खिचेका जापानी हाइकू सुन्दर छ र त विश्वमा परिचित छ ।
पुरानो कुवा
भ्यागुतो हाम्फाल्छ
जल आवाज
यो हाइकू जापानका प्रसिद्ध कवि माचुओ वासोले लेखेका हुन् । उनको
फुरुइकेया
कावाजु तोविकोमु
मिजुनो ओतो
जापानी हाइकू विश्व प्रसिद्ध छ । ऋतुसम्बन्ध शब्द विम्बबाट कविताले जीवनलाई प्रकृतिसँग जोड्न निकै सघाएको पाइन्छ ।
हाइकू लेख्दा आफ्नै वरिपरिको प्राकृतिक सांस्कृतिक वस्तु, घटना र दृश्यबाट विम्व बटुली जीवन जोडेर प्रभावकारी पार्न सकिन्छ । सूर्यको तातोले फक्रने फूलहरू, प्रकृतिको डुब्दो सूर्य, आरु, स्याउदेखि पुल, बगर, टुसा, जुत्ता हरवस्तु विम्बका रूपमा ल्याई जीवनको गूढ रहस्य उजागर गर्न सकिन्छ ।
केही नमूना हाइकू ः
हाइकू सानो कविता भए पनि शक्तिशाली कविता हो । यसलाई चुट्का जस्तो खदिलो पार्न सकिन्छ । हाइकूको रचना एउटा झिल्को बनाउन सके यसले उज्यालो वत्तीको काम गर्छ ।
साहित्यमा सानो मन्त्रजस्तो प्रभावपूर्ण कविता हाइकू जापानी सौन्दर्य र शान्ति आकाङ्क्षाको महत्त्वपूर्ण अभिव्यक्ति हो । वाम पुड्के वृक्ष बनाउनेदेखि एउटा प्लेटमा पूरा बगैँचा हत्केलामा अटाउने गरी बनाइने 'बोन साइ' र सूक्ष्म भू-दृश्य देखाउने 'बोनकेई' तथा पत्थर बाग 'बोन सेकी' जस्ता सूक्ष्म सिजर्नाले छुट्टै आनन्द प्राप्त हुन्छ । साहित्यमा पनि हाइकू छोटो कवितामा उत्कृष्ट मानिन्छ । हाइकू साथ चित्र भए त्यसलाई 'हाइगा' भन्ने गरिन्छ । हाइकू राम्ररी विचार गरी रचना हुने सके प्रभावपूर्ण बन्छ ।
भोक लागेछ
मुख खोल्दै नखोली
के पो खाने हो ।
भँवरा बस्यो
फुलेको कोपिलामा
रस भरियो
तिम्रो मायाले
झपक फूल फुल्यो
आरू फल्छ कि ?
सम्झेको मात्र
आकाश उज्यालो भो
भित्र पस त
नेपालमा पनि राम्रा हाइकूहरू सिर्जना हुँदैछन् । थुप्रै पुस्तक प्रकाशित छन् तर कतिपय रचना सोझा बाक्यलाई भाँचेर, टुक्राएर हाइकू भनिएका पनि छापिएका छन् । धेरै हाइकूमा सम्झन लायक हाइकू थोरै मात्र फेला पर्दछन् । यहाँ स्थापित केही कविका मलाई व्यक्तिगत रूपले मन परेका हाइकू उदाहरण गरेको छु ।
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली र्झछ
-शङ्कर लामिछाने
सुतेकी सेती
उठेको माछापुच्छ्रे
पाख्रेली स्पर्श
-क्षेत्र प्रताप अधिकारी
प्रभु ! हे प्रभु !
के चाहिन्छ बालक ?
जिब्रो हजुर
-कपिलदेव खनाल
रुखमा वत्ती
मानिसले चाहेमा
के पो फल्दैन ।
-माधवलाल कर्माचार्य
नेपालमा हाइकू भित्र्याउने शङ्कर लामिछाने देखिएका छन् तर उनका मौलिक हाइकू अत्यल्प छ । केही अनुवाद पनि छ । नेपालमा हाइकूको परिचय लगभग आधा शताब्दी नपुगे पनि नयाँ सहस्राब्दिदेखि यो निकै फस्टाएको पाइन्छ । हाइकूका पुस्तक साना ठूलो थुप्रै पाइन्छ तर राम्रो हाइकू भुसको रासमा चामल खोजेजस्तै भएकाले हेरेर हैन मनन गरेर मात्र सहि हाइकूको स्वाद लिन सकिन्छ ।
अब आफै थाल्ने कि ?
हाइकूका बारे आधारभूत कुरा बुझिसकेपछि आफ्नै परिवेशका वस्तु, रूपरङ्ग, चलन, घटना, अवस्थाको सार विम्वबाट उतार्न प्रयास गर्नुपर्छ । जस्तै फूलमा भँवरा घुमेको देखेपछि हाइकू यसरी प्रस्तुत हुन सक्छ ?
भँवरा चुम्छ
पत्रहरूको कम्प
फलको आशा
यसमा भँवराले फूलको पराग सिँचन गरेपछि फल लाग्ने प्रकृतिलाई इङ्गित गरेको छ । भँवरा फूलमा बस्नु अघि पखेटाको जोडले फूलका पत्र हलन्छ र पराग साने भँवराको स्पर्शबाट फूलमा फल लाग्छ । हामीले आरुवखडामा जतासुकै यो अवस्था देख्न सक्छौं । जीवनको दर्शन यसमा देखिन्छ ।
यति बुझेपछि आफ्नो प्राकृतिक एवं सांस्कृतिक परिवेश हेर्नोस । सूर्य उदाएपछि खुल्ने सूर्यमुखी फूल, चराले घुरेको, गाएको र थुतुनो जोरेको, आँखा जुधेको अवस्था, ताल तलैयामा हाँसले डुबुल्की मारेको, माछा सगबगाएको देखिहाइकूकै अर्को रूप व्यङ्ग्य सेन्यु लेख्नु पर्यो भने नेताको फुट्न लागेको भूँडी, शोषकको नियत, राजनीति झगडा, बुद्धिमा बिर्को लागेको राजनीतिक बुद्धिजीवी, खराब प्रवृत्ति, विकृति आदिमा ध्यान जानुपर्छ । व्यङ्ग्यमा यस्तै सरल उदाहरण यस्तो छ ।
रगत चुस्यौ
करङ बाँकी भयो
भरेङ चढ
लेख्नोस्, खुब लेख्नोस र त्यसबाट छानेर छाप्दै जानोस् । तपाईं विशिष्ट हाइकूकार नहुने प्रश्नै आउँदैन । थोरैमा धेरै भन्न सकिने ः एकै क्षणमा पढेर लामो समय गम्न सकिने, एउटा छुट्टै उज्यालो र सुखको अनुभूति हुने हाइकू लेख्न अघि धेरै पढ्नु जति हुन्छ । बुझेर लेखेको हाइकू विशिष्ट बन्न सक्छ । मीठो बन्न सक्छ र अमर बन्न सक्छ ।
युवामञ्च २०६७ फागुन
- 6499 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- शब्द र भाव राम्ररी मिलाउनु
1 hour 1 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
18 hours 27 min ago - सारै राम्रो पुस्तक, बधाई छ
20 hours 56 min ago - किताब राम्रो रहेछ । बधाई छ
20 hours 57 min ago - एकदम सान्दर्भिक
1 day 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 4 hours ago - भुगोल ले नछेकेको माया
6 days 42 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 19 hours ago - Correction
1 week 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- जिन्दगी.......................(मुक्तक)
- चिकित्सकहरुको युद्ध
- कामै तिम्रो कुरा दुहुने दु'न नछोड
- मेरो सानो संसार तिमीलाई अटेन
- झुठ्ठो जाली स्वार्थी माया
- शिक्षक आन्दोलन वारे शिक्षकलाई पत्र
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- हिन्दूराष्ट्र हो मेरो
- ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- राष्ट्रसेवाः मेरो कर्म
- काँडामाथिकै यात्रामा (गजल)
- तीन हाइकु (सपनाहरू)
- प्रार्थना
- उमेर गए पनि तरुनै !
- गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र [गजल संवन्धित बहसको नियमित स्तम्भ ]
- नेपालमा जातीय विभेद
- आमाको माया
- मसँगको यात्रा गर्दा
- तिहार
- आँसु
- नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि
- बेहाल छ
- गुलाबको सुवासले गर्दा
- म समानान्तर
- शब्दमा कवि तथा गीतकार विप्लब प्रतीक
- बालाजि
- दलितको गीत
- गणतन्त्र गीत
- विकृतीको रुपमा मौलाउँदैछन् 'भ्यालेन्टाइन डे' अर्थात् प्रेम दिवस
हाइकू किन लेख्ने ?
ठिस बुढा — Sat, 03/26/2011 - 16:58नमस्कार !
धन्यवाद हाईकुबारे लेखि दिनु भएकोमा ।
"Whatever you do will be insignificant, but it is very important that you do it." By Mahatma Gandhi
धन्यवाद
ठिस बुढा — Sat, 03/26/2011 - 16:59धन्यवाद !
"Whatever you do will be insignificant, but it is very important that you do it." By Mahatma Gandhi
जवाफ
prakashpoudel — Thu, 03/31/2011 - 17:41राम कुमार पाण्डे सरको लेख मझेरी डट कममा पढ्न पाउदा सारै खुशी लाग्यो पाण्डे सरको लेखको सम्बन्धमा २ जना स्रस्टाले केहि जिज्ञाशा समेत कमेन्ट मार्फत राख्नु भयको थियो.त्यसको जवाफ लेख्छु भन्दा भन्दै ७-१० दिन नै बित्यो.व्यस्तताले गर्दा समय मै जवाफ लेखेर हाइकु बारेमा रुची राख्ने साथिहरुलाइ सुसुचित गर्न नपायकोमा दुखि छु.
कुमार जी,
साथिहरुको जिज्ञाशा को समाधान भै सकेको हो र ?? कृपया जानकारी गराउनु होला.
प्रकाश पौडेल माइला
योकोहामा, जापान
prakash poudel
Post new comment