Skip to content

खुसीसाथ हारें मैलें


जीत खोज्छन अरु सबै खुसीसाथ हारें मैलें
पराईलाई मार्छन सबै आफैलाई मारें मैले

आफू खुसी तिमीलाई आफ्नो गगन बनाउँदा
विस्मातका बर्षातहरू आफैंमाथि झारें मैले

होलिका रङ्गहरू ईन्द्रेणीमा सबै घोलिदिदाँ
मेरो भागमा बिषादका फागु मात्रै पारें मैले

आफ्नैले घात गर्दै च्यानमा मलाई जलाउदाँ
कति छिट्टै संसारबाट बस्ती पर सारें मैलें

बिना तामाङ
काठमाण्डौं

8 thoughts on “खुसीसाथ हारें मैलें”

  1. आफ्नैले घात गर्दै च्यानमा
    आफ्नैले घात गर्दै च्यानमा मलाई जलाउदाँ
    कति छिट्टै संसारबाट बस्ती पर सारें मैलें………….dherai ramro

  2. tuiching one..!
    really a touching one..
    जिताउन तिमीलाई आफैसंग हार्छु बरु ,
    बाच्छौ भने तिमि यहाँ आफैलाई मार्छु बरु !

    वियोगमा म रुदा, खुसि तिमि हुन्छौ भने ,
    फुकुसिमाको एसिड रेन आफै माथि पार्छु बरु !

    के कुरा भो ईन्द्रेणीको, रगाउन तिमिलाई
    x-रे झैँ आफैलाई साम-श्वेत पार्छु बरु !

    देखेनौ कि अस्तु मेरो तिमि छेउ जलीराको,
    छोडी स्वोर्ग आफ्नो बस्ति नर्ग तिरै सार्छु बरु !

    1. Babal
      देखेनौ कि अस्तु मेरो तिमि छेउ जलीराको,
      छोडी स्वोर्ग आफ्नो बस्ति नर्ग तिरै सार्छु बरु !……. fantastic

    2. Babal
      देखेनौ कि अस्तु मेरो तिमि छेउ जलीराको,
      छोडी स्वोर्ग आफ्नो बस्ति नर्ग तिरै सार्छु बरु !………….fantastic

    3. ohhh….के कुरा भो
      ohhh….के कुरा भो ईन्द्रेणीको, रगाउन तिमिलाई
      x-रे झैँ आफैलाई साम-श्वेत पार्छु बरु !
      tnx.. amit ji hajurko yo mitho reply ko lagi…
      n … tnx… also rkpanta ji..

      1. pesha ko asar…!
        khusi lagyo bina ji, hajurle ni mero jabaf lai mitho manidinuvayekoma. k gane, pesha ko asar gajal ma ni jhalkechha…ha ha ha..!

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *