छुवाछुत धनी गरीब एक हुने दिन
कहिले आउँछ सबै मिली रमाउने दिन
गर्नलाई त गर्छन सबै आदर्शका कुरा
कहिले आउँछ वर्ग वर्ग नछुटिने दिन
समाजका दुई पांग्रा भन्छन नारी पुरुष
कहिले आउँछ आमाहरु नकुटिने दिन
शान्ति क्षेत्र नेपाल हाम्रो, भन्छौ शान्ति प्रिय
कहिले आउँछ दिदि बैनी नलुटिने दिन
कोहीका महल गगन चुम्बी, कोहीको खुल्ला आकाश
कहिले आउँछ सबले छानो ओडी बस्ने दिन
मोती जडित आभुषणमा कोही, कोही नाङ्गो आंग
कहिले आउँछ लाज छोप्ने टालो बेर्ने दिन,
लखनपुर ३ झापा, नेपाल
