Skip to content

तिम्रो हुन सकिन म पर्खिएर नबस्नु है

  • by


तिम्रो हुन सकिन म पर्खिएर नबस्नु है
फोटो हेरी पलपल आँखाबाट नखस्नु है ।

धनै ठुलो भन्यौ तिम्ले माया दिन्छु भन्दा पनी
उस्कै लागि मर्छु भनि गला पासो नकस्नु है ।

संसार नै यस्तै रैछ देखेकाले हुन्न रैछ
एउटा रोजी जोडी बाँध्नु खरानी चै नघस्नु है ।

चोखो माया दिनेलाई हात, न्यानो साथ दिनु
फेरी पनी सम्पतिको आहालमा नफस्नु है ।

तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल : बहराइन
२०६७ /८/१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *