Skip to content

तिमीले पनि मजस्तै

  • by


तिमीले पनि मजस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै आँखा भएर हेर
आँसुको थपा भई खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

हिउँदको फूलजस्तै दिन दिन मरेर हेर
ढुङ्गाको मुर्ति जस्तै दोबाटोमा बसी हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

शब्द, संगीत – भीम बिराग
स्वर – नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *