Skip to content


तिम्रो पनि
मेरो पनि चाहाना हुँदाहुँदै
बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर
दुई मुटु एउटै बनाउने रहर
तर,
सामाजिक वन्धनको नाम
उड्कदै हामीले
मनको कुरा एकअर्कालाई भन्न सकेनौं ।
गाउँ एउटै थियो, वस्ती एउटै थियो
देख्थ्यौ सधैं, भेट्थ्यौ सधैं
कर्के नजरले हान्थ्यौ मलाई
भुतुक्कै हुन्थे म
तर,
हामी एकअर्कासँग बोलेनौं
मनको ईच्छा मनमै मार्यौँ
उर्वर मायाको मौसममा पनि
मायको बिरुवालाई सार्न सकेनौं
अन्तर्मनको इच्छा एकअर्कालाई खोल्न सकेनौं ।
भ्याइनभ्याइ हामी सधैं
एकअर्कालाई चोर्नमा ब्यस्त हुन्थ्यौं
एकअर्काको अनुहार पढ्नमा अभ्यस्त हुन्थ्यौं
तिम्रो मुहारमा देखिएको भाव अनुसार
कहिले दुःखी हुन्थँे त म
कहिले संसारकै सुखी मानव हुँ भन्ने भानमा दौडन्थेँ
त्यसैगरी तिमी पनि ।
यति हुँदाहुँदै पनि हामीले
आफ्नो मनको कुरा एकअर्कालाई भन्न सकेनौँ
अन्तर्मको इच्छा हामीले खोल्न सकेनौँ
एकअर्कालाई मन परेको कुरा बोल्न सकेनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *