Skip to content


सबैभन्दा राम्री तिमी पूर्णिमाको जून जस्ती
शिशिरमा वहार ल्याउने सयपत्री फूलजस्ती ।

बगैंचामा फुली बस्नू यौवनलाई जोगाएर
लान्छु भन्न धेरै आउलान् सिन्दुर टिका लगाएर
कुरा बनाई नजिक आए पराई पर सर्नू है
जल्ले जे भने नि मन तिमी बाधि राख्नू है ।

भन्नलाई त भन्लान् जालीहरू मालीबनि सेवा गर्छुु
तिम्रै लागि जन्मे म त तिम्रै लागि मर्न सक्छु
पापी संसार यो कलिमा थोरै हुन्छन् राम्रा मान्छे
होशियारी हुनू तिमी धेरै होलान् तिम्रो पिछा गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *