Skip to content

भोटे कुकुर पालिछौ

  • by


घरमा म आउँछ भनी भोटे कुकुर पालिछौ
मेरो डरले आफ्नो मनलाई काँडे तारले बारिछौ ।

सुन कान्छी मेरो कुरा पर–पर किन हुन्छौ
फक्रिएको वैंशलाई त्यसै तिमी किन मार्छौ
घर मैले देख्यो भनि अन्तै सारिछौ
मेरो डरले आफ्नो मनलाई काँडे तारले बारिछौ ।

यौवन हो पानीजस्तै फर्किदैन बगेपछि
अर्को पाउन गार्हो पर्ला भेटेको चाहिँ छाडेपछि
मेरो कुरा गर्दा साथीले झर्किएर टारिछौ
मेरो डरले आफ्नो मनलाई काँडे तारले बारिछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *