Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, मार्च)

  • by
20110330_AcharyaPrabha_News


आचार्य प्रभा
डेन्भर कोलोराडो (अमेरिका )
मार्च/ २७ /२०११

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टर अन्तर्गत संचालन भइरहेको कवि गोष्ठी “साहित्य संगम” मार्च २०११ अंक २६ मार्चमा आयोजना भयो । कार्यक्रम हरि अधिकारी तथा मीना पौडेलज्युको आतिथ्यमा वहाँहरूकै निवास स्थान हेन्डरसन कोलोराडोमा भब्यताका साथ सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन अनेसास, कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्माले गर्नु भएको थियो ।

सदा झैं कवि गोष्ठीको आकर्षण कथाकार तथा गजलकार श्रीमनु ब्राजाकी र अनेसासका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल हुनुथ्यो । कार्यक्रममा रचना पाठ गर्नेहरूमा प्रमिला शर्मा, तारा अधिकारी, कमल भट्टराई, पदम विश्वकर्मा, बिजय राज शर्मा, केशब आचार्य, हरि अधिकारी, बिजयदेव अधिकारी, मीना पौडेल, सुशील सुबेदी, गंगा उप्रेती, बासुदेव खनाल, हरि उप्रेती, ज्ञानेन्द्र गदाल र गजलकार मनु ब्राजाकी हुनुहुन्थ्यो भने आचार्य प्रभाको गजल रचना केशब आचार्यले गर्नु भएको थियो । त्यस्तै गरेर बसन्त गौतमको कविता राजु सिटौलाले गर्नु भएको थियो।

यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन डा.बिजयराज शर्माले सुझाव दिनुभएको थियो भने गजल सम्बन्धी जिज्ञासाहरूको बारेमा गजलकार मनु ब्राजाकीले चर्चा गर्नु भएको थियो ।

प्रवासी माटोमा पनि कोलोराडो साहित्य संगमले नेपाली साहित्यको जगेर्ना र बिस्तार गर्न लागि परेको छ । यो यात्रा अनवरत रूपमा चलिरहने आशा सबै साहित्यप्रेमीहरूले गरेका छन् ।

कार्यक्रमको अन्त्यमा जलपानको पनि ब्यवस्था थियो । यो कार्यक्रमको आयोजना गरेर कोलोराडो “साहित्य संगम”लाई अँझ हौसला दिएकोमा कोलोराडो साहित्य संगम मीना पौडेल र हरिअधिकारीप्रति अनुग्रहित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *