Skip to content

अपरिभाषित मेरो यो जीवन

  • by


अपरिभाषित मेरो यो जीवन
तिम्रै लागि व्याख्या गर्न खोज्दा
हृदय जल्यो, टुकृयो मेरो यो मन
तिरस्कारका शब्दले मुटु बिझ्दा

विगतका मिलन ईतिहास बन्यो
वर्तमानमा असह्य वेदना मात्र छ
कोरिएका छन् ती नाम र यादहरु
मष्तिस्कमा प्रेमको अवशेष मात्र छ

प्रश्न गर्न मन लाग्दैछ आज
प्रेम अनुभुत हो कि स्वार्थ?
खै कहाँनेर चुकेछु म यहाँ
मेरो आशक्ति थियो निस्वार्थ

तिम्रो घातले घाईते बनायो
यद्यपि म रोमाञ्चित भएको छु
बाँकी जीवन स्वप्नमहलमा सयर गर्छु
काफी हुन्छ, अतीतका यादमै रमाएको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *