Skip to content

लवज उही छ, नारा पुरानो

  • by


तिनको लवज उही छ, नारा पुरानो
तिनको लागि पाटी पौवा धारा पुरानो

के बन्ला गाउँ के बनाउलान् शहर
चाहियो पद कुर्सी अभिभारा पुरानो

हुँदैछ रे केन्द्रमा भाग-बन्डाको झगडा
जसै पुगियो माथि जनता सारा पुरानो

भनिन्छ गणतन्त्रमा केही हुन्न नराम्रो
तिनै मिच्छन् कानुन दायरा पुरानो

हिजो र आजमा फरक पाउन गाह्रो
तिनको ढिकुती रित्याउने पारा पुरानो

अस्तु :

नाम : बिबेक दुलाल क्षेत्री
वास्तविक नाम : भानुभक्त दुलाल
स्थाइ ठेगाना : दमक झापा नेपाल
हाल : अबुधाबी युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *