Skip to content

किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ

  • by


किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ
हात समाई साँझ बिहान तिमीसँगै डुल्छु भन्छ ।

सपनामा देख्छु तिमीलाई सपनामै रमाउँछु
बिपनामा तिमी देख्न जोडी नयन खुल्छु भन्छ ।

प्रेममय भएको छ संसार यो ढुकुरको झै
रमाउदै तिमीसँगै वन पाखामा झुल्छु भन्छ ।

बाँधिएर अंगालोमा प्रीत साटी आपसमा
सारा संसार एकै छिन भए पनि भुल्छु भन्छ ।

तीर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *