Skip to content

रङ्गिन सपनाहरू

  • by


जीवनका रङ्गिन सपनाहरू
जङ्गलका कन्दमुल खाएर होस्
वा रमाइला क्षेणहरू लुटेर होस्
भावुकताको पोखरीमा
स्वतन्त्र रुपमा
अरुको मन नदुखाई
भूगोलको कुनै पनि कुनामा
संकटहरूलाई भुली
आफूलाई जलाई
चुडिएका मनहरूलाई
मन भाँचिनबाट
हरक्षण
मुस्कुराइरहने
ओठहरूलाई
हावामा बिलाउने जीवनलाई
आमालुपन दिन सक्नुपर्छ
चिन्तनको दहमा डुबी
सुगन्ध प्रबाह गर्दै
आँफै जल्नु पर्छ
बत्तीको शिखा भएर ।।

उषा गिरी
ब्रस्सेल, बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *