Skip to content

६८ मा यस्तो नहोस्

  • by


६७ मा जे भो जे भो ६८ मा यस्तो नहोस्
कसौंडी र डेक्चीको मोल ‘चम्चा’भन्दा सस्तो नहोस्

बगलीमा छुरा राखी मुखमा मात्र ‘राम’ नहोस्
सबै चलुन बिधिभित्र कुनै छलछाम नहोस्

सिर्जनाका कुची कलम बाँदरको हातमा नहोस्
न्यायधीशको शरीरमा ‘जल्लादको आत्मा’ नहोस्

‘बाच्छा’ घाँटी सुकी मर्ने ‘सुँगुरलाई पेडा’ नहोस्
अभिभावक भनाउँदो ‘पानी आन्द्रे भेंडा’ नहोस्

‘नकचरा’ रिझाउन ‘चरा’ मार्ने काम नहोस्
‘दिउँसै रात’ पार्ने गरी ‘आधा रातमा घाम’ नहोस्

चाकडी र चाप्लुसी नै ‘योग्यताको कसी’ नहोस्
प्रभुजीले मुसार्दैमा ‘भुस्याहा कुकुर’ खसी न होस्

६७ मा जे भो जे भो ६८ मा यस्तो नहोस्
कसौंडी र डेक्चीको मोल ‘चम्चा’भन्दा सस्तो नहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *