Skip to content

के एउटा जून छैन ?

  • by


छैन कोशी, कर्णाली काली अरुण छैन
लाखौं तारा भए, के एउटा जून छैन ?

एकाबिहान हत्या भो जोडी परेवाको
को हत्यारा भनौं र हातमा खुन छैन

तिमी भन्छौ सुनै सुनले पुरिदिनु म
अहिले भरे बेलुका खाने नून छैन

तिम्रो लागि जिन्दगी नै नाम गर्न सक्छु
झुटो बाचा आकाशको जून छुन छैन

खुल्ला आकाश सूर्यको स्वतन्त्रता भन्नु
स्वामित्वमा कसैको मलाई हुन छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *