माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
साथ दिने भन्दा, छाडी हिड्ने मायालु प्यारो हुन्छ
जति कराऔ, कुटऔ, पीटोउ
सहि बस्ने भन्दा, उल्टै भिड्ने मायालु प्यारो हुन्छ
माया प्रेमको नियम यस्तै रहेछ
सोधी खोज्ने भन्दा, मनै पिर्ने मायालु प्यारो हुन्छ
बुझ्ने गाह्रो छ यो अनौठो खेललाई
चोट सिउने भन्दा, हृदय चिर्ने मायालु प्यारो हुन्छ