Skip to content


छोरो हराको तीन वर्ष बितिसक्यो, खुटखबर छैन । नयाँ नेपाल बनाउन जानुपर्छ भनेर गएथ्यो । एक चोटि पनि फर्केर आ’को छैन।

घरबाट हिंडेको आज सात दिन भो ।

नयाँ नेपाल भनेको यहाँभित्र छ कि ?

पुलिसले ठुलो ठुलो गाली गर्दै गेटभित्र छिर्नै दिएन ।

ऊ (बीरबहादुर) निन्याउरो मुख लाएर सिंहदरबार अगाडि उभिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *