Skip to content

मनैभित्र पसी मोरी

  • by


मनैभित्र पसी मोरी सधैं बस्न हो कि ?
थाहा छैन झुक्याएर छुरी घस्न हो कि ?

मिठो लाग्न थाल्यो उसको चाल आनी-बानी
फकाएर म सोझालाई भित्र पस्न हो कि ?

नानी बन्छु भन्छे मेरो नयनाकाशभरि
शीत बनी आँखाबाट भुईंमा खस्न हो कि ?

सिंगासन हुन्छ भन्छे मेरो मुटु बस्दा
सर्प बनी मन मुटुभित्र डस्न हो कि ?

तीर्थ (यात्री) पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *