नैतिक दृष्टान्त
kbs — Thu, 04/21/2011 - 18:11
बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।
गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।
दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।
ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक ।
गरदैन कुनै सोझो ग्रहको पूजना--दिक ।।
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महा--त्मा जुन्किरीसित ।।
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।
जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बने राम चौधै भुवनका पति ।।
धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?
सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।
- 14742 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
4 sec ago - Reply to comment | मझेरी डट कम
7 sec ago - Reply to comment | मझेरी डट कम
15 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - Reply to comment | मझेरी डट कम
36 sec ago - Reply to comment | मझेरी डट कम
37 sec ago - Reply to comment | मझेरी डट कम
1 min 5 sec ago - Reply to comment | मझेरी डट कम
1 min 33 sec ago - Reply to comment | मझेरी डट कम
1 min 35 sec ago - The team: achieve buy generic lipicure callus, disease?
1 min 43 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- म पानी हुँ
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- अम्बर गुरुङको आँसु
- उनी अनि विधाता
- रिबिने कान्छी
- हो गयी लाल
- भन्छन् एउटा गर्ने बेला
- छोटो भेट तिम्रो लागि
- प्रसन्न चित्तको खुसी हो हिमाल
- घरको छानो चुहिंदैछ
- साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार
- ढुक्क हुनु दाई ..........डिसटिनसन ल्याउछ भाई
- एउटा मान्छे फोसामा
- रोइदिन्छु म त साँच्चै हजुरले छाडी गए
- मुक्तकहरू
- हाम्रो बारेमा
- गजल
- जिन्दगी
- आँखाबाटै बगिरह्यो
- कोदाली र हथौडाले उठाएको फोको
- 'सन्त्रस्त आँखाहरु' माथि समालोचनात्मक दृष्टि
- अहा ! तीज आएछ
- मीटरमा माया
- एउटा BLACK N WHITE दुनियाको एउटा BLACK N WHITE पात्र
- किन विष पिएँ
- मुहार त्यो हेरिरहूँ लाग्यो
- अस्वीकृत वुद्ध
- प्रेमीकादेखि सावधान !
- पछिल्ला रचनाहरू
- कविता (अनुष्टुप छन्द)
- लाजको तिम्रो गहनालाई किन राख्छ्यौँ लुकाएर
hi
अतिथि (not verified) — Sat, 04/23/2011 - 21:36Very very ramro 6.
Post new comment