Skip to content


मधुपर्क मासिक साहित्यिक पत्रिका नेपालको सरकारी मुखपत्र भएको कुरा सर्वबिदितै छ | नेपाली साहित्यिक वांगमयमा यस पत्रिका मधुपर्क मार्फत के कसो फड्को मार्यो त्यो त विश्लेषण गर्न बाकी नै छ यद्यपी जति पनि नेपाली साहित्य अगाडी बढेको छ यसमा अन्य बिभिन्न साहित्यिक संजाल र साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण भूमिका देखिएको छ | विश्व साहित्य कोषमा नेपाली साहित्यको खासै प्रभाव देखिएको छैन | हामी नेपालीहरु खाली बंगाली, हिन्दी, चिनिया, फ्रेन्च, अंग्रेजी, रुसी, अरबी साहित्यमा अल्मलिएका छौ |

मैले यहाँ उठाएको बिषय मधुपर्क मासिक पत्रिका साहित्य प्रधान हुदा हुदै केहि निश्चित साहित्यिक समुहहरुको आफ्नै रचना कृतिहरु मात्र प्रकाशित हुने थलो पत्रिकाको रुपमा देखिएको कारणले केहि टिप्पणीहरु औल्याउन चाहन्छु | यस मधुपर्कको गरिमामय ४० बर्षको साहित्यिक यात्रा क्रममा अनेकौ सरकारी उतार चढाव अनि राजनीतिक उथल पुथल हुने क्रममा पनि यो पत्रिका अविरल बगिरहेको चलिरहेको छ र अझ अविछिन्न रुपमा चलिरहनु पर्छ | जहानिया राणा शासनको अन्त्य अनि प्रजातन्त्र प्राप्ति पछिका संक्रमण काल अनि २०१७ सालको पंचायती व्यवस्था र एक दलीय पंचायतको बिरुद्दको आन्दोलन मार्फत २०४६ सालको पुन प्रजातन्त्र प्राप्ति पछि अहिले आएर राजा बिहिन गणतन्त्र नेपाल स्थापना भई सकेको परिप्रेक्ष्यमा हाम्रो देश समग्र रुपमा बिकाशका क्षेत्रमा विश्वमा अन्य देशको दाजोमा धेरै पछि देखिन्छ | देश संचालन गर्ने राजनीतिक राजनेताहरुका अदुर्दृष्टिका कारण नेपाली जनताले भोग्नु परिरहेको अवस्थालाई मैले भनि रहनु पर्दैन |

अब बिषय प्रति केन्द्रित गराउन चाहन्छु | नेपाली साहित्यिक वांगमय नेपाल मात्र नभएर सिक्किम, दार्जिलिंग हुदै देहरादुन तिर स्थायी बसोबास गर्ने नेपाली भाषीहरुबाट ठुलो सहयोग प्राप्त भएको देखिन्छ | प्रबासी नेपाली भाषीको त्यो योगदानलाई हामीले कहिले पनि बिर्सिनु हुदैन पनि | र अहिले विश्वभर नेपाली भाषीहरु स्थायी बसोबास या रोजी रोटीको लागि विदेश बसेतापनि नया युग र इन्टरनेट ग्लोबल नैजेसनले क्रान्ति ल्याए पछि इन्टरनेट मार्फत अनेकौ राम्रा राम्रा साहित्यिक रचनाहरु प्रबासमा रहनु भएका साहित्यिक रचनाकारहरुले टेवा दिदै आएको सर्वबिदितै छ | अमेरिका, युके, क्यानाडा, अस्ट्रेलिया, हंगकंग, जापान, युरोपेली राष्ट्रहरु, मलेसिया अनि अरब राष्ट्रहरुमा रहेर नेपाली साहित्यिक वांगमयलाई अनेकौ श्रष्टाहरुले योगदान पुर्याई रहेका छन् | तर प्रबासमा सिर्जना गरिएका साहित्यिक खुराकहरुलाई कमै मात्र मधुपर्कले स्थान दिएको गुनासो सुनिन्छ | यहि प्रसंगमा प्रवासमा रहेका प्रतिभाशाली साहित्यकारहरुको डायस्पोरा साहित्यलाई मधुपर्कले स्थान दिनु आबश्यक देखिन्छ | यिनै कुराहरुमा केन्द्रित रहेर मधुपर्क मासिक पत्रिकालाई केहि प्रश्न:

(१) हामी साहित्यिक प्रेमीहरुले मधुपर्क प्रायजसो नियमित पढ्दै आएका छौ | यसमा नया लेख, कथा, कविता, गजल, गीत,तुक्का, निबन्ध, विश्लेषण भएता पनि लेखकहरु चाही उही स्थापित पुराना नाम नै देख्दै आएको छौ | के यो पत्रिका स्थापित साहित्यकारको मुखपत्र हो?
(२) एक पल्ट साहित्यिक रुपमा स्थापित हुदैमा, के उसका/तिनका सिर्जना सधै बेजोड हुन्छन्?
(३) स्थापित साहित्यकारले जे जस्तो लेखे पनि वाह वाह हुने अनि पुरस्कृत हुने?
(४) के स्थापित साहित्यकारले लेखेको लेख, रचना मात्र बिभिन्न पत्रिकाले मान्यता दिने ? अन्य नव प्रवेशी प्रतिभाशाली साहित्यकारहरुको रचनालाई अरुको चोरेको, कपि गरेको भनि विश्वास नगर्ने?
(५) साहित्य एक महासागर हो, यस सागरमा सबै श्रष्टाहरुलाई मधुपर्कले किन समेट्न सकिरहेको छैन? सरकारी मुखपत्र भईकन सम्पूर्ण नेपाली साहित्यप्रेमी सर्जकहरुलाई मधुपर्कले समेट्नु पर्छ कि पर्दैन?
(६) सरकार र देश अनि बिकाशका योजनाहरु पंगु भए जस्तै यस नेपाली साहित्यलाई मधुपर्कले कोठे साहित्यमा (निश्चित समुहको कृति प्रकाशित गर्ने) परिणत गरेर नेपाली साहित्यलाई ओझेल पार्नु खोज्नु कति जायज छ? के यिनै कारणले नेपाली साहित्य, विश्व साहित्यमा ओझेल परेको त होइन?
(७) समय परिवर्तनशिल छ, विश्वका कुना कुनामा पुगेका नव प्रवेशी प्रतिभाशाली साहित्यकारको डायस्पोरा साहित्य सिर्जनाले नेपाली साहित्यलाई अझ माथि उठाउछ भन्ने कुरा मधुपर्क पत्रिकालाई थाहा छ कि छैन?

यस लेख मार्फत अग्रज वरिष्ठ साहित्यकारहरु प्रति नमस्तक हुदै ससम्मान खुला प्रतिसर्प्रधामा सबै साहित्यकारहरुलाई समेटिनु पर्छ भन्ने मान्यता राखेको जानकारी गराउन चाहन्छु |

** यो लेख प्रबासमा रहेर नेपाली साहित्य प्रति मरिमेट्ने केहि साहित्यकारहरुको कुराकानीमा आधारित |**

:बुद्ध चेम्जोंग
न्युयोर्क अमेरिका

3 thoughts on “मधुपर्क मासिक”

  1. malai yo lekh in-depth
    malai yo lekh in-depth analysis lagyo and tapaile well-written abt the recognition given 2 only renowned writers: k arule chance napaune.thank u 4 the daring act…

  2. कुरो
    सहि कुरा उठाउनु भो मलाई पनि धेरै खडकेको बिषय थियो यो। बस मेरो मन्को कुरो सबै हजुरले पखिदिनु भो । धन्यबाद छ यहाँलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *