Skip to content


आज हाम्रो बाह्रौं प्रणय दिवश
रहरहरू काखभरि खेलाएर मनाउँदा
स्मृतिका पानाहरू पल्टाउँदा
दशौं प्रणय दिवश आपसमा न्यानो
अँगालो ओडेर मनायौ
र बाँकी दुइटा प्रणय दिवश
चखेवा मनाउदै छौ,
तिमी घरदेशमा, म परदेशमा
पिरतीका मिठा मिठा कुराकानी बिना
बिना अँगालो बिना स्पर्श, बिना प्रणय भाव
निरश निराश प्रणय दिबश
तिमी मनभरि मलाई बोकेर
प्रणय दिवश मनाऊ
म मुटुभरि तिमीलाई सजाएर
प्रणय दिवश मनाउँछु
बस हामी स्मृतिमा रमाऊँ,
यसरी नै मनायौ हामी हाम्रो
बाह्रौं प्रणय दिवश
तनभरि रंग कल्पेर
मनभरि काउकुती सम्झेर
तिमी घरदेशमा मनाऊ
म परदेशमा मनाउँछु
मिलनको मिठो कल्पनामा
सुहागको स्वादिलो सम्झनामा
तिम्रो नारी मन, मेरो पुरुष मन
एक अर्कामा समाहित भएको आज
बाह्रौं बसन्तको आगमनमा
एक अर्काका सामु मैनबत्ती बालेर
हेर्दै उसको उपकर
मनायौ हाम्रो बाह्रौं प्रणय दिवश
मनभरि तनभरि
चखेवा झैं गरी ।

तीर्थ “यात्री” पौडेल

आज प्रणय मिलनको बाह्रौ बसन्त सुरु यसै बिषयलाई कवितात्मक पस्तुति पस्कने जमर्को गरेको छु । प्रशंसा नगरी प्रतिकृया दिनु होला । प्रशंसाले मानिसलाई भुत्ते बनाउँछ ।

1 thought on “प्रणय दिवश”

Leave a Reply

Your email address will not be published. Required fields are marked *