Skip to content

ओछयानभरि आँसु (देउडा गीत)


सपना रोइकन दैब ओछयानभरि आँसु
दुबईमा खरानी भयो हाड, छाला र मासु

जा-जा भैंसी अल्का लेक चर भैंसी सालीमा
राति आँसु सिरानीमा दिन आसु गालीमा

जेठ बैसाख खरी धुप ओइलाई बाठा काग
कठै दैव किन दिए दुबई आउन्या भाग

पाप गर्ने सजाय पाउँथ्यो धर्म गर्ने सति
युवा जति दुबई कतार नेताका कुमति

अपी नाम्पा पहाड मेरो दार्चुला जिल्ला कन
नेता भई राजधानी जान्या मेरै जसा मन

राता दिन हवाई जहाज उड्दा दुबई आकाशैमा
बाँच्या त गरूँला दर्शन मरया बाकसैमा

जय राज जोशी

दत्तु -९ दार्चुला

हाल दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *