समस्याको जालोमा
पुतली झैँ अल्झिरहें
पिल्सिरहने घाउ पनि
पल पल बल्झिरहे ।
त्यसैले त छटपटिँदै
आएँ पर-पर,
छाडेर साथी सङ्गी
आफ्नै गाउँ घर ।।
भन्नलाई त भन्थे आफैं
आफ्नै देशमा गर्छु,
बैरी डलर चहिन्न भो
कोदो मकै भर्छु ।
सोच्नु मात्रै भयो यी सब
आउनु पर्यो फर्की,
बस्नु पर्यो दुर देशमा
मुटु चर्की चर्की ।
तर हरेस खाको छैन
फिर्छु घर छिटै,
देखाउनुछ केही गरी
बरु खान्छु पिठै ।
राजेश रुम्बा लामा “अतृप्त”
ramro lagyo
aam nepali ko
ramro lagyo
aam nepali ko pida ho yo