Skip to content

कालापानी नालापानी भन्छ छिमेकीले


कालापानी नालापानी मेरो भन्छ छिमेकीले
जंगे पिल्लर कति बाँकी भनी गन्छ छिमेकीले ।

जति म्याद थपे पनी लेखिदैन संबिधान
चाह्यो भने रातभरिमा कानुन बन्छ छिमेकीले ।

नेपालका दलहरु मिले भने ऐंठन भई
गर्यौ हुन्छ उसलाई मूल्य अनि कन्छ छिलेकीले ।

यसो गर उसो गर दबाब दिन्छ नेतृत्वलाई
नमानेमा कुर्सी ढाल्न दुलो खन्छ छिलेकीले ।

तीर्थ “यात्री” पौडेल

2 thoughts on “कालापानी नालापानी भन्छ छिमेकीले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *