Skip to content

हरेक साँझ जून मलाई चिहाउँछ

  • by


हरेक साँझ जून, मलाई चिहाउँछ
न बोलाउँछ आकाशमा, न त आउँछ

किन लाग्छ सामु भए, पनि नभए झै
बैगुनी छे भनुँ भने, आँखा जुधाउँछ

तिमीसित गर्नु पर्ने, बात धेरै थिए
तिम्रो छेउ दिल पनि, भन्न सर्माउँछ

बसन्तले पात फेर्दा, समयले पनि
हाँगा–हाँगा चैत सँगै, बैश फुलाउँछ

कस्ले भन्छ लजाउँदैन, सूर्य जून सँग
नत्र साँझ पर्दाखेरि, कता हराउँछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *