Skip to content


माथि तारे भीर, तल दरौंदी
लडौं कि मरुँ के पो गरूँ नि
के साँझ केको बिहान दुखै सिरानी
माया विरानो त मनै खरानी

जता हिंड्यो त्यतै त्यतै बाटो बन्छ भन्छन्
भेटेपछि मन मिले आफ्नो बन्छ भन्छन्
कहाँ जाऊँ कसलाई भेटौं भयो हैरानी
माया विरानो त मनै खरानी

आफ्ना पनि देखें मैले पराई पनि देखें
यात्राभरि धेरै चोटि देउता पनि भेटें
बिना वर्षा आफैंमा पहाड खस्यो नि
माया बिरानो त मनै खरानी

शब्द – आनन्द अधिकारी
स्वर – एम बराल
संगीत – आलोकश्री
एल्बम – छायाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *