Skip to content


सिद्धान्तभन्दा ब्यबहार पढ्न पहल गरें
नितान्त लक्ष्यतिर बढ्न पहल गरें

धेरै बसें स्तब्ध भै गोडा खुम्चाएर
खुशीको हिमशिखर चढ्न पहल गरें

शरणार्थी जीवन यापन गर्नु कति
आफ्नो हक हितको लागी लड्न पहल गरें

संक्रमीत किटाणु पाल्नु छैन मलाई
बेलैमा पो सीमाना कट्न पहल गरें

धेरै उम्लिएमा पोखिन्छ भन्छन् नि
र त प्रारम्भमा नै घट्न पहल गरें

कवाबमा हड्डी हुनु मनले मानेन
बरु बाटोबाट आफैं हट्न पहल गरें

आडम्बर, फोस्रो आदर्श, नौटंकी पात्र भन्दा
दुःखको दहमा गढ्न पहल गरें ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *