Skip to content

सुन्य लाग्छु म त आफैं रित्तो भएछु


सुन्य लाग्छु म त आफैं रित्तो भएछु
पम्फ्लेट निषेध लेखिएको भित्तो भएछु ।

निरश बचे जस्तो लाग्छ जीवन अचेल
सुनामी आई उजाडिएको कित्तो भएछु ।

यता ताने उता छोटो उता तान्दा यता
म त हजुर काम नलाग्ने फित्तो भएछु ।

चन्द्रमालाई छुन्छु भन्ने थियो मेरो लक्ष्य
बाम पुड्के म त एकै बित्तो भएछु ।

तीर्थ “यात्री” पौडेल
बहराइन

2 thoughts on “सुन्य लाग्छु म त आफैं रित्तो भएछु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *