हाम्रो साहित्यिक आकाशबाट फेरि एउटा नक्षत्र झरेको छ, कहिल्यै नउदाउने गरी । कथाकार तथा साहित्यकार स्व. देवकुमारी थापाको पाषाण शरीर माटोमा बिलिन भए पनि वहाँका कृतिहरू नेपाली साहित्यकाशमा अजर, अमर छन् ।
वहाँको ८२ बर्षको उमेरमा बिराटनगरको आफ्नै निवास स्थानमा निधन भएको हो ।
साहित्यकार थापा जन्म भारतको दार्जीलिङमा जन्मुभएको थियो । दार्जीलिङ्को नेपाली साहित्यिक बातावरणले वहाँलाई पनि नेपाली साहित्यमा आकर्षित गर्यो, र कालन्तरमा वहाँ बिशेष गरी कथा लेखनमा समर्पित हुनु भयो ।
देवकुमारी थापाले बिशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाउँदै आउनु भएको थियो । वहाँका अनिगिन्ती कथाहरूमध्ये “टपरी”, “झझल्को”, “सेतो बिरालो”, “देवकुमारी थापाका कथाहरू” , “सुन पखेटी चरी”, “जङलको कथाहरू” प्रमुख थिए । वहाँले आफ्नो स्वर्गीय श्रीमानको नाममा “बबरसिंह थापा सेवा गुठी” पनि संचालन गर्नु भएको थियो ।
वहाँले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा २०५२ देखि २०५७ सम्म काम गर्नुभयो ।
महेन्द्र रत्न भुषण, गोर्खा दक्षिण बाहु जस्ता आभुषणले बिभुषित हुनु भएकी थापाका कुनै सन्तान नभए पनि यिनै आभुषण र कृतिहरू सन्तानका रूपमा थिए र आजन्म रहनेछन् । बिराटनगर स्थित उनको निवासमा जाँदा यस्तो भान हुन्थ्यो कि त्यो घर नभएर कुनै पुस्तकालय हो ।
जीवनका एक्लो पलहरूमा साहित्यकै सेवा गरेर वहाँका समयहरू ब्यतित भए । शालीन, अप्पभाषी, भद्र र शालीन् देखीनु हुने देवकुमारी थापा पूर्वान्चलका जुन सुकै कार्यक्रमहरूमा पनि सरिक देखिनु हुन्थ्यो ।
आजीवन साहित्यलाई माया गरेर आफ्न सम्पूर्ण जीवन ब्यतित गर्नु हुने साहित्यकार तथा कथाकार देवकुमारी थापाका आत्माले चीर शान्ति पाऊन । यही हामी साहित्यिक मनहरूको अभिष्ट समर्पित वहाँप्रति ।