Skip to content

आमा! तिमी ब्रम्हाण्डकी रानी हौ

  • by


आमा! तिमी ब्रम्हाण्डकी रानी हौ
स्वच्छ, निर्मल गंगाकी पानी हौ

एक्लै पर्ने हो कि डर छ सर्बत्र
साथ हुन्छौ मेरी साथी सानी हौ

सदमार्गमा लाग्ने प्रेरणा दियौ
शालीन तिमी असल बानी हौ

जस्तै भुल गर्छु चोट पुर्‍याई
दिन्छौ माफ् बिर्सी पीडा दानी हौ

दिएर कहिल्यै त्यो नरित्तिने
दया, माया, ममताकी खानी हौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *