Skip to content


मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिन्न

बसन्तको हरियाली
फूलसँगै ओइली जान्छ
निलो भुइँको सेतो बादल
हावासँगै उडी जान्छ
तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन्न

धेरै लामो बाटो हामी
सँगै-सँगै हिडिँसक्यौं
टाढा टाढा कता कता
हामी दुबै पुगिसक्यौँ
तर अन्त्य यसको यहीं
भन्न अँझै मनै भएन
तिम्रो माया मार्नै सकिन्न

शब्द – तीर्थराज तुलाधर
स्वर – फत्तेमान
संगीत – नातीकाजी
एल्बम – यस्तो पनि हुँदो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *